site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साकार र शर्माका दुई कृति सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । कवि साहित्यकार शैलेन्द्र साकारको संस्मरणात्मक कृति ‘भोजपुरे हुलाकीका सन्तान’ र कवि तथा अनुवादक युयुत्सु आरडी शर्माको नेपाली कविता कृति ‘पानाहरू खाली छन्’ एक समारोहकाबीच सार्वजनिक भएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा सभापति तथा भोजपुरे हुलाकीका सन्तानमध्येका एक डा. गजेन्द्रमणि प्रधान, कविहरू साकार, कवि शर्मा तथा भारतीय दूतावासका अधिकारी रघुवीर शर्माले सर्वाजनिक गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रमका सभापति डा. प्रधानले समाजलाई बुझ्ने र चिन्ने आधार भाषा भएको बताउँदै आफ्ना पुर्खाका विषयमा केही शब्द खर्चिए । 

कार्यक्रममा ‘भोजपुरे हुलाकीका सन्तान’का सर्जक शैलेन्द्र साकारले आफूसामु उठेका प्रश्नहरूको उत्तर लेख्दालेख्दै यो संस्मरणात्मक कृति जन्मिएको बताए । उनले सँगै विमोचित कविता कृतिका सर्जक कवि युयुत्सु आरडी शर्मासँगको सम्बन्धका विषयमा पनि चर्चा गरे ।

Global Ime bank

‘पानाहरू खाली छन्’का कृतिकार युयुत्सु आरडी शर्माले आफूले दर्जनौ पुस्तक लेखे पनि नेपालीमा पहिलो पटक कविता कृति प्रकाशित हुँदा पहिलोपटक कृति प्रकाशनको सुखानुुभूति भएको बताए ।

ह्वाइट लोटस बुक सपको आयोजनामा सम्पन्न कार्यक्रममा राससका कार्यकारी अध्यक्ष श्यामल, भारतीय दूतावासका अधिकारी रघुवीर शर्मा, प्राडा नैना प्रधानले पनि सर्जकका बारेमा बोले । कार्यक्रममा श्याम रिमाल, राजकुमार बानिया, अमर आकाशले शर्माको कृतिबाट कविता वाचन गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय