site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
श्रीमद्‌भागवत गीता रहस्य !
Sarbottam CementSarbottam Cement

श्रीमद्भगवत्गीता रहस्य
(अध्यात्म : मतिराज शर्मा भुसाल)
अध्यात्ममा गीताको आफ्नै उच्च महत्व छ । गीताको ज्ञान र दर्शनलाई हरेक मानिसले कुनै न कुनै रुपमा आफूमा आत्मसात गर्ने प्रयास गर्दै आएका छन् । कतिपयले गीतालाई जति बुझ्यो उति कठिन पनि भन्दै आएका छन् । त्यसैले पनि गीता दर्शनलाई लिएर अनगिन्ती पुस्तक प्रकाशन हुँदै आएका छन् । 

गीता ज्ञानका विषयलाई मूलाधार बनाएर लेखिएको लेखक मतिराज शर्मा भुसालको ‘श्रीमद्भागवद्गीता रहस्य’ शीर्षकको पुस्तक बजारमा आएको छ । जसमा गीतामा रहेको रहस्यात्मक दर्शनको चर्चा गरिएको छ । 

गीतालाई मणि मानिन्छ । वेदान्त दर्शनको आत्मा मानिन्छ । चिन्तन मानिन्छ । अर्थात् यसलाई आध्यात्मिक साहित्यमा गहिरो भाव बोकेको ग्रन्थ मानिन्छ । मानवको जीवनलाई निर्देशित गर्ने एउटा आधार मानिन्छ । त्यसैले गीताको चर्चा गर्नेले विभिन्न दृष्टिकोण र दर्शनबाट व्याख्या गरिरहेका हुन्छन् । र, नित्य नवीन अर्थ खोज्ने प्रयत्न गरिरहेका हुन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस पुस्तकका लेखकको प्रयास पनि यही रहेको छ, गीताको रहस्य आम पाठकसमक्ष पु¥याउने । कुल २१ भागमा लेखिएको यस गीता रहस्य ग्रन्थमा श्रीमद्भागवद्गीता माहात्म्य, श्रीमद्भागवद्गीता के हो ? देखि लिएर गीताका १८ अध्यायकै रहस्य खोज्ने प्रयास गरिएको छ ।

यसअघि पनि दुई कृति प्रकाशित गरिसकेका मतिराजको यस आध्यात्मिक कृतिले पाठकलाई यस सम्बद्ध ज्ञान प्राप्त गर्न मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ ।

Global Ime bank

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित २३० पृष्ठको ‘श्रीमद्भागवद्गीता रहस्य’को मूल्य ३५० रुपैयाँ राखिएको छ ।

० ० ०

रुदिना
(उपन्यास : शिव प्रधान)
शिव प्रधानले विगतमा कथा लेख्दै आएका हुन् । उनका कथाहरूको दुई वटा सँगालो यसअगाडि नै प्रकाशनमा आइसकेका छन् । दुई कथासङ्ग्रह पहिले नै ल्याइसकेकोले नै होला, उनले यस पटक उपन्यास लेख्ने जमर्को गरेका छन् । र, हालै मात्र उनको नवीनतम उपन्यास ‘रुदिना’ सार्वजनिक भएको छ ।

‘रुदिना’ शीर्षकका साथ उपन्यासमा पोखिएका शिव प्रधानले कृतिमा हङकङको कथाव्यथालाई समेटेका छन् । उनको यो उपन्यासलाई उनको हङकङ डायरीका रुपमा लिन पनि सकिन्छ ।

हङकङमा धेरै नेपालीको बसोबास छ । उनीहरू आफ्नो जन्मभूमिबाट धेरै टाढा छन् । तिनै बाहिर रहेका नेपाली कसरी त्यहाँ बाँचिरहेका छन् ? कसरी आफ्नो जीवन यात्रा तय गरिरहेका छन् ? यस्तै प्रसङ्ग प्रधानले उपन्यास ‘रुदिना’मा प्रस्तुत गरेका छन् ।

रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको २०० पृष्ठको यस उपन्यासको मूल्य ३२५ रुपैयाँ तोकिएको ।

० ० ०

एक सर्जनको गाथा
(आत्मकथा : डा. दिनेशनाथ गोँगल)
नेपालको शल्यचिकित्सा क्षेत्रमा एउटा चर्चित नाम हो प्रा.डा. दिनेशनाथ गोँगल । २०१३ सालदेखि चिकित्सा पेशामा संलग्न डा. गांँेलले आफ्नो जीवनका अनगिन्ती उकालीओरालीका कथाहरूलाई श्वेत–श्याम स्वरुपमा ल्याएका छन् । र, उनको आत्मकथा समेटिएको किताबको नाम हो ‘एक सर्जनको गाथा’ ।

वीर अस्पतालमा सर्जिकल विभाग स्थापना भएसँगै डा. गोँगल पनि सर्जनका रुपमा त्यहाँ काम गर्न थाले । र, आफ्नो डाक्टरी जीवनमा अनेकन अप्रेसन गर्दै बिरामीहरूको उपचारमा संलग्न हुँदै आए ।

उनको बाल्यकालदेखि जीवनका यावत् पक्ष समेटिएको यस पुस्तकमा कुल सात भाग रहेको छ । जहाँ उनको बाल्यकालदेखि अहिले काम गर्दै गरेको अवस्थासम्म चित्रित छ । यस पुस्तकमा म सानो हुँदा, मेरो विद्यार्थी जीवन, डाक्टर भएर फर्केपछि, सर्जन भएपछिलगायत अन्य संस्मरणात्मक प्रसङ्ग प्रस्तुत छ ।

गोस्ट राइटिङ नेपालले प्रकाशनमा ल्याएको २३२ पृष्ठको यस पुस्तकको मुल्य १ हजार रुपैयाँ राखिएको छ भने पुस्तकको बिक्रीबाट आएको सम्पूर्ण रकम ‘हस्पिस नेपाल’ नामक संस्थालाई प्रदान गरिने उल्लेख छ ।

० ० ०

छपक्कै मनमा बसेकाहरू
(व्यक्ति निबन्ध : गणेश रसिक)
गीतकार–सङ्गीतकार र साहित्यकार गणेश रसिक बहुमुखी प्रतिभाका धनि व्यक्ति हुन । उनी गीत–सङ्गीतमा जति उम्दा कलाको सिर्जना गर्छन्, त्यत्तिकै मिठास उनका लेखरचना, उपन्यास र निबन्धहरूमा पनि हामी पाउँछौं । 

साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका रसिकको विभिन्न व्यक्तिहरूमाथि लेखिएको शब्दचित्र अर्थात् व्यक्ति निबन्ध ‘छपक्कै मनमा बसेकाहरू’ बजारमा आएको छ । जसमा साहित्यकार रसिकले आफूसँग सङ्गत गरेका केही व्यक्तिलाई शब्दमा उन्दै मनमोहक शब्दचित्र कोरेका छन् । 

रसिकले यस पुस्तकमा प्रशिद्ध नाटककार बालकृष्ण सम, सङ्गीतकार नातिकाजी, गायक फत्तेमान, बच्चु कैलाश, सङ्गीतकार शान्ति ठटाल, कलाकार रवि शाह, गायक हिरण्य भोजपुरे, गायिका तारा देवी, कवि वासु शशीलगायतका व्यक्तिलाई उनेका छन् । यसरी कुल १९ वटा निबन्धमा २० जनासँग उनले गरेको सङ्गत, ती पात्रसँगको सम्बन्ध र तिनको जीवनबारे ‘कुशल शब्दचित्र’ यस पुस्तकमा पढ्न पाइन्छ । 
साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको ३७४ पृष्ठको यस पुस्तकको मुल्य ४७५ रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय