site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पीपलको बोटमाथि चढेर लुकीलुकी नाटक हेर्थें’
SkywellSkywell

काठमाडौं । कलाकार देशभक्त खनाल (गणेशप्रसाद उपाध्याय खनाल) शुक्रबार आफ्नो बाल्यकाल र नाटकको यात्रामा डुबुल्की मार्दै थिए । यो संयोग, शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको आठ दिने बाल नाटक महोत्सवले जुराएको हो । 

माघ २२ गतेबाट सुरु भएको महोत्सवको शुक्रबार तेस्रोदिन बालबालिका र नाटकसम्बन्धी विषयमा ‘शैली संवाद’ कार्यक्रम थियो । जसमा खनाल ‘बाल्यकाल र नाटक’ शीर्षकका एक वक्ता थिए ।

शैली थिएटरको नाटकघरभित्र उनी हातमा माइक समाउँदै अगाडि राखिएको कुर्सीमा नबसी स्टेजभरि यताउता गरी अनुहारमा मुस्कान भर्दै बाल्यकालको सम्झना उत्साहपूर्वक सुनाउँदै थिए । 

KFC Island Ad
NIC Asia

उनको त्यो मुस्कान सहितको सुरुवात र हाउभाउले हामीलाई अडकल काट्न गाह्रो भएन, उनको बाल्यकाल र नाटकको सम्झना साँच्चै रोचक छन् ।

उनी आफ्नो बाल्यकालको रमाइलो पल यसरी सुनाउँछन्, यो रमाइलो सेसन भएकाले म बसेर भन्दा यताउता हिँडेर मेरो सम्झना सुनाउन चाहन्छु, आखिर कलाकार न परेँ ।

Royal Enfield Island Ad

हातमा समाएको माइकतिर इंगित गर्दै, हाम्रो पालामा यस्तो माइक नै हुँदैन थियो । बोलेरै टाढाटाढा सम्मको दर्शकलाई सुनाउनु पथ्र्यो । 

म सात वर्षको थिएँ सायद, विराटनगरको खुला मञ्चमा एउटा नाटक भएको थियो । त्यस नाटकमा राजा नन्द कार्कीले एकल अभिनय गर्नुभएको थियो । उहाँको अभिनय हेरेर मलाई पनि भित्रैदेखि अभिनय गरुँ भन्ने इच्छा जाग्यो । तर कहाँ, कसरी गर्ने भन्ने केही थाहा थिएन । 

०००

२०२० सालमा होला सायद, घरनजिकैको जनता हाई स्कुलमा वार्षिकोत्सव थियो । स्कुलको प्राङ्गणमा केटाकेटीहरू कोही फुटबल, कोही भलिबल, कोही टेबल टेनिस खेलिरहेका थिए । भने एउटा कोठामा नृत्य र अर्को कोठामा नाटक रिहर्सल भइरहेको थियो । नाटकको कोठामा राजाराम कार्की र दुर्गा सुवेदी हुनुहुन्थ्यो ।

नाटक जड्याहाको कथामा ‘देशप्रेम’ भन्ने थियो । हाम्रो समाजमा देखिरहेको कथा भएर हो या अभिनयले हो मलाई नाटकले बाँधिराख्यो ।

संयोगवश नाटकमा एकजना बालकलाकार चाहिएको रहेछ र नाटक हेरिरहेको देखेपछि राजा दाइले मलाई बोलाएर उसले आएर पिट्छ अनि रोइदिने हो गर्छौ भनेर सोध्नु भयो र मैले हुन्छ भने । 

त्यो नै मेरो पहिलो नाटक थियो । यसरी जानी नजानी मेरो नाटकको यात्रा सुरु त भयो । तर, माहोल नभएर र घरको कडा वातावरणका कारण यसैलाई निरन्तरता दिन सकिन । तर, राजाराम दाइहरूले नै रिर्हसल गर्नेबेला ढोकाको कापबाट चियाएर हेर्न जाने गर्दथे ।

पहिलो नाटकपछि कलेज पढ्दाताका कलेजकै वार्षिकोत्सवको बेला फेरि नाटक गर्ने मौका जुर्‍यो । ‘कुन बाटो’ नामको नाटकमा रिहर्सल गर्यौं, तर त्यो नाटक मञ्चन भएन । त्यो बेलासम्म नाटकमा मलाई औधी रुचि भइसकेको थियो । आफू मुख्य भूमिकामा खेल्नका लागि आफैं कथा लेख्नुपर्ने भयो ।

मैले विदेशी भूमिको युद्धमा लडिरहेका हाम्रा वीर गोर्खालीहरूको कथा ‘गोर्खा भर्ती केन्द्र’ शीर्षकमा नाटक लेखेँ र मञ्चन पनि भयो । त्यसपछि सेक्सपियरको ‘द मर्चेन्ट अफ भेनिस’ लगायत अरु पनि दुई, तीनवटा नाटक गरेँ । 

तर पनि म नाटकमै लागिसकेको थिइन । विराटनगरमै भानु मेमोरियल सांस्कृतिक समिति थियो । त्यहाँ प्रायजसो नियमित हुने रिहर्सल त्यसकै छेउमा भएको पीपलको बोटमाथि चढेर लुकीलुकी हेर्न थालेँ । 
एकदिन म रुखको हाँगामा बसेर नाटक हेरिरहेको भित्रबाट देख्नु भएछ र मलाई भित्र बोलाउनु भयो । नसोधी किन हेरेको भनेर कराउने पो हो कि भनेर म डराई डराई भित्र गएँ । 

तर, उहाँहरूले मैले कलेजमा गरेको नाटक हेर्नु भएको रहेछ र नाटकलाई नै निरन्तरता दिने मौका दिनुभयो । त्यही समितिबाटै मेरो नाटकको यात्रा निरन्तर सुरु भयो । त्यहाँबाट हामीले पूर्णाङ्की नाटकलाई निरन्तरता दिन थाल्यौं । हामीले गुरुप्रसाद मैनालीको ‘छिमेकी’ कथालाई नाट्यरुपान्तरण गरेका थियौं । 

०००

हामीले नाटक गर्ने समयमा यसरी आज जस्तो नाटकघर हुँदैन थियो, खुला मञ्च हुन्थ्यो । विद्यालय र खुलाचौरमा कालोपर्दाले घेरेर खाटमा आवश्यक के के चाहिन्छ त्यो बनाइन्थ्यो अनि त्यसको अगाडि चौरलाई स्टेजका रूपमा प्रयोग गथ्र्यौं ।

अहिलेको नाटकघरको स्टेजमा जुन लाइट हामीले प्रयोग गरिरहेका छौं । त्यो लाइट त हामीले देखेकै थिएनौं । हामीले प्रयोग गर्ने भनेको त्यही ५ सय र हजार वाटको बल्ब मात्रै हो ।

नाटककै लागि विराटनगरबाट काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आउँदा पहिलो चोटी हामीले थाहा पायौं कि स्टेज, लाइट भनेको यस्तो हुन्छ भनेर । माइक्रोफोन भनेको धेरैमा दुईवटा हुन्थ्यो ।

आफ्नो संवाद बोल्ने पालो आयो भने स्टेजको जुन कुनामा भए पनि त्यो बीचमा राखिएको माइकमा आएर बोल्नु पथ्र्यो । अनि फेरि अर्कोको पालो आउँछ र त्यसरी नै माइको नजिक आएर आफ्नो डाइलग बोलेर जान्थ्यो । हल्ला केही कम भएको जस्तो लाग्यो भने माइकमा नबोली ठूलो स्वरले संवाद गथ्र्यौं । हल्ला भए फेरि त्यसरी नै माइकमा गएर बोल्थ्यौं ।

०००

नाटक गर्नु भनेकै एउटा जटिल विषय हो । सितैमा पायो भने दर्शकहरूको ओइरो लाग्थ्यो । यदि टिकट काटेर आउनुपर्यो भने निकै कम हुन्थ्यो, अझ हुँदैहुँदैन भन्दा पनि हुन्छ ।

त्यतिखेर व्यापारी र संघसंस्थालाई टिकट बेच्थ्यौं । त्यो टिकटबाट आएको पैसा खाजाको खर्च र ठाउँको खर्चमै सकिन्थ्यो । कलाकारले पाउने त कुरै थिएन । पैसा आएन भनेर दुःख पनि लाग्दैन थियो । नाटक गर्न पाएकोमा नै खुसी हुन्थ्यौं ।

हलमा आएर टिकट काटेर नाटक हेर्ने चलन त धेरै पछि आएको हो ।

नाटककार मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुँन्छ’ लगायत थुपै नाटक काठमाडौंमा प्रदर्शन भएको थियो । तर नाटक हेर्ने दर्शक त्यति आएनन् । जब स्व. राजा विरेन्द्रले नाटक हेरेर नाटकका बाह्रै कलाकारलाई एक–एक लाख रुपैयाँ पुरस्कार दिए भन्ने खबर फैलियो तब नाटक हेर्नेको ओइरो नै लाग्यो । घण्टौं लाइनमा बसेर टिकट लिन बसे दर्शकहरू । त्यो नाटक महिनौंसम्म चल्यो ।

०००

नाटकको सबैभन्दा सुखद पक्ष भनेको दर्शकसँग सिधा सम्पर्कमा हुनु हो । नाटक गरिहँदा दर्शकसँग सिधा सम्पर्कमा हुन्छौं भने नाटक सकिने बितिकै दर्शकले प्रत्यक्ष आएर प्रतिक्रिया दिनुहुन्छ ।

रंगमञ्चमा कलाकार सर्वेसर्वा हुन्छ । तर, चलचित्रमा त्यस्तो हुँदैन । ऊ निर्देशक र क्यामराको फ्रेमभित्र बाँधिएर काम गर्न बाध्य हुन्छ । नाटकमा स्टेजको जुन कुनामा गएर पनि अभिनय गर्ने स्वतन्त्रता चलचित्रमा हुँदैन ।

तर, चलचित्रको विशेषता भनेको आफूले गरेको काम आफैंले हेर्ने मौका हुन्छ । मरिमरि पसिना काँढेर नाटक ग¥यो तर कस्तो भयो भनेर आफैंले हेर्नै पाउँदैन थियो । अहिले जस्तो क्यामेरामा कैद गरेर हेर्न पाइँदैन थियो ।

नाटक गर्न थालेपछि म भित्र आत्मविश्वास बढ्यो । तर नाटक गरेर पाइने सन्तुष्टि चलचित्रमा खेलेर पाइँदैन । हामीले थुपै सडक नाटक, कचहरी नाटकहरू गर्‍यौं । 

०००

त्यसरी नाटक गर्दागर्दै चलचित्रमा आएको मलाई सुरुसुरुमा क्यामेरा फ्रेमभित्र काम गर्न निकै गाह्रो भयो । लामो सटमा त ठिकै थियो । तर बन्द सटमा मेरो जिउ हल्लिने रहेछ र फ्रेमभन्दा बाहिर जाने रहेछ । अनि क्यामेराम्यानले कराइ हाल्थ्यो “हैट तपाईं फ्रेम आउट हुनुभयो ।” त्यो फ्रेम आउट भनेको के हो थाहा थिएन मलाई ।

अनि म जवाफ दिन्थे, “तपाई जान्नोस् त्यो फ्रेम आउट भनेको के हो, म जान्दिन, म जताजता जान्छु त्यता त्यता लैजानुस् क्यामेरा ।”

०००

सनो हुँदा पछि म यस्तो बन्छु भन्ने कहिल्यै लागेन । जब नाटक गर्न थालियो र नाटकप्रति प्रेम हुन थाल्यो त्यसपछि भने यसमै रमाउन थालें । तर मेरो बुवाको इच्छा भने छोरा बैंकको म्यानेजर होस् भन्ने थियो ।

त्यहीअनुसार मैले व्यवस्थापन विषय नै पढेँ । ८, ९ वर्ष पढेको विषयअनुरूपकै जागिर पनि खाएँ । एकाउन्टस र नेपालीमा मैले ‘डिस्टिङसन’ ल्याएर पास भएको हुँ । अहिले कलाकारितामा लागेपछि नेपाली त काम लाग्यो तर एकाउन्टस सबै हरायो (लामो हाँसो) । 

कलाकारितामा पनि आउँछु भनेर आएको त होइन संजोगवश आएँ र आजसम्म पनि यसैमा छु ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro