विदेश
पपुवा न्यु गिनी । पपुवा न्यु गिनीमा आइतबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेअनुसार आइतबार पपुवा न्यु गिनीमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको जोखिममा रहेको पपुवा न्यु गिनीको कोकोपोबाट १२२ किलोमिटर दक्षिणमा केन्द्र बनाएको भूकम्प ३१ किलोमिटरको गहिराइमा गएको थियो ।
अहिलेसम्म उक्त भूकम्पबाट क्षति भएको विवरण आएको छैन । स्थानीय अधिकारीका अनुसार अहिलेसम्म कुनै सुनामीको त्रास छैन । -सिन्ह्वा
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६ १५:२५
प्रतिक्रिया दिनुहोस्