site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शैली संवादमा छलफल
Sarbottam CementSarbottam Cement

काठमाडौं । बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘११औं बाल नाटक महोत्सव’को तेस्रो दिन शुक्रबार ‘शैली संवाद’ शीर्षकमा छलफल गरिएको छ । रातोपुलस्थित शैली थिएटरमा भएको छलफल बालबालिका र नाटकमा केन्द्रित थियो । 

जसमा ‘नाटकमा बालबालिका’, ‘बालनाटक महोत्सव : अनुभव र अवसर’, ‘नाटक र बालअधिकार’, ‘बाल्यकाल सम्झिँदा र नाटक’ विषयमा लुनिभा तुलाधर, केदार श्रेष्ठ, नवराज बुढाथोकी, देशभक्त खनाललगायत रंगकर्मीले आ–आफ्ना अनुभव सुनाएका थिए । रंगकर्मी तथा कलाकार देशभक्त खनालले आफ्नो बाल्यकाल र नाटकको यात्रा सम्झिँदै खाटलाई स्टेज बनाएर आवश्यक घर आदि बनाएर नाटक मञ्चन गरेको सुनाए । “पर्दाअगाडि खाटमा सेट बनाउँथ्यौं अनि नाटक गर्थ्यौं अनि लाइट पनि अहिलेको जस्तो कहाँ हुन्थ्यो र त्यही ५ सय र हजार वाटको चिम मात्रै हुन्थ्यो,” उनले विगत सम्झिए ।

Prabhu Bank
Agni Group
NIC Asia

छलफल कार्यक्रमका साथै विभिन्न विद्यालयका विद्यार्थीले कविता वाचन गरेर माहोल रमाइलो बनाएका थिए । भने शैलीकै रंगकर्मी देवेन्द्र बब्लु र स्नेहा पौडेलले गीत प्रस्तुत गरेका थिए ।

रंगकर्मी सरस्वती अधिकारीले रंगमञ्चले स्वयंलार्ई चिन्न मद्दत गरेको बताइन् । अधिकारकर्मी कविता राज्य शाहले नाटकमार्फत बालबालिकाको अभिव्यक्तिको स्वतन्त्रताको भूमिका खेलिरहेको र यसले उनीहरूको शारीरिक र विशेष गरी मानसिक विकासमा ठूलो टेवा पुगेको कुरामा जोड दिए ।

Global Ime bank

शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको आठदिने महोत्सवको नाटक मञ्चन कार्यक्रम भने कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमै हुँदै छ ।

शैलीका अध्यक्ष तथा महोत्सवका आयोजक नवराज बुढाथोकीले यो छलफलमार्फत बालबालिका, रंगकर्मी र अधिकारवादी सबैलाई एउटै थलोमा ल्याएर एक–अर्कासँग प्रत्यक्ष भलाकुसारी गर्ने अवसर दिनु रहेको बताए । महोत्सवमा विभिन्न विद्यालयका बालबालिकाको १७ प्रतिस्पर्धात्मक नाटक मञ्चन हुँदै छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय