site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आज दुई प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोसी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

Dabur Nepal
NIC Asia

महाशाखाका अनुसार कोसी प्रदेश र वाग्मती प्रदेशसहित देशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव महाशाखाले जनाएको छ । 

आज राति पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानका साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro