site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रिमियरमा ‘सेल्फी किङ’ (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । भर्सटायल अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को प्रिमियर राजधानीमा गरिएको छ । नयाँ बसपार्कमा रहेको लोत्से मलमा रहेको आईएनआई सिनेमाजमा गरिएको प्रिमियरमा फिल्म युनिटसँगै कलाकार्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति थियो । 

क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले फिल्ममा शीर्ष भूमिका निर्वाह गरेकै कारण फिल्म हेर्न आइपुग्ने धेरै थिए । फिल्ममा विपिनले ‘सेल्फी किङ’को भूमिका निर्वाह गरेका छन् । उनी टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । फिल्ममा उनैको तीन दिनको कथा उतारिएको छ ।

कमेडियनको भित्री पीडा र बाहिरी कर्तव्यलाई यसमा समेटिएको छ । फिल्म हेर्न भुवन केसी, सन्तोष पन्त, निर्मल शर्मा, जितु नेपाल, केदार घिमिरे, निशा अधिकारी, केकी अधिकारी, आँचल शर्मा, नम्रता श्रेष्ठ, कर्मा, विनय श्रेष्ठ, आर्यन सिग्देल, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, दीपेन्द्र के. खनाल, सुनीलकुमार थापा, भोलाराज सापकोटा, शोभित बस्नेत, रिमा विश्वकर्मा, सुवास गिरी, सुरेन्द्र पौडेल, गोविन्द शाहीलगायत फिल्मकर्मीको उपस्थिति थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

फिल्म हेरेका कलाकर्मीले प्रसंसा गरेका छन् । सबैले उठान गरेको विषयसँगै कलाकारको भावनालाई यसमा प्रस्तुत गरिएको मिडियासामु प्रतिक्रिया दिए । फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनी यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै छन् । दिनेश राउत र सुवास थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो ।


फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराललगायतका कलाकारको अभिनय छ । केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । फिल्ममा विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसालको संगीत, बी. पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको शृंगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, विनोद पोखरेलको स्टिल फोटोग्राफी र किशोर नेपालको कला निर्देशन छ । यसमा सह–निर्माता राजेश बिसुराल र प्रवल कोइराला छन् ।

फिल्म हेरिसकेपछि कसले के भने ?
आर्यन सिग्देल :
यो फिल्मले सबैलाई छुन्छ जस्तो लाग्छ । फिल्म हेर्दा निकै भावुक पनि भएँ । फिल्म हाँसो र रोदनको मिश्रण छ । हामीलाई त्यो पात्रले कहिले हसाउँछ त कहीं रुन बाध्य बनाउँछ । नेपाली फिल्म हेर्ने दर्शकले एकपटक हेर्नुपर्छ भन्छु म फिल्मलाई । 

Global Ime bank

नम्रता श्रेष्ठ : फिल्म मन पर्‍यो । यहाँ देखाइएका केही न केही कुरा कलाकारसँग मेल खान्छ नै । एउटा कलाकारलाई सबैले बाहिरबाट त चिन्छ तर भित्र उसको के छ ? त्यो कसैले महसुस गर्दैन । फिल्ममा यस्तै देखाइएको छ । मैले धेरैपटक काम गरेको निर्देशक दिनेश राउतले यसलाई निर्माण गर्नुभएको छ । सधैं केही नयाँ गरौँ भन्ने सोच राख्ने दिनेशले निर्माताको रूपमा डेब्यु नै यस फिल्मबाट गर्नुभएको छ । म निकै खुसी छु । 

कर्मा : फिल्म हेर्दा धेरैपछि नै रोए म । आर्टिस्टलाई हेर्ने दृष्टिकोण र बेहोर्नुपर्ने कुरालाई यसमा राम्रोसँग देखाइएको छ । 

केकी अधिकारी : यो फिल्मसँग जोडिन पाउँदा लक्की नै ठानेकी छुँ । यो फिल्म कलाकारलाई मात्र छुने कथा होइन, यसले जुनै प्रोफेसनको मान्छेलाई छुन्छ । म कलाकार भएकाले यसले अझै बढी छोएको छ । यसमा कलाकारको भावना र व्यवस्थालाई छर्लंग पारेको छ । स्टेजअगाडि कलाकारलाई त सबैले देख्छ तर स्टेज आउनुअघि उसले के कस्तो कुरा भोग्छ  त्यसलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । 
निशा अधिकारी स् फिल्मले हामीलाई एकपटक झस्काएको पनि छ । हामीले भोलि भनेर सोच्ने गरेका छौं तर के समय हाम्रोअनुसार चल्छ त ? यी सम्पूर्ण कुरा फिल्मले प्रस्तुत गर्छ । सरल ढंगले जीवनको सार फिल्ममा देखाइएको छ । यतिको फिल्म बन्नु हाम्रो लागि खुसीको कुरा हो । धेरैपछि राम्रो फिल्म हेर्न पाए । 

प्रदीप भट्टराई : फिल्मले हामीलाई त निकै छुन्छ । मलाई आश छ दर्शकलाई पनि यतिकै छुन्छ । फिल्मले निराश बनाउँदैन भन्नेमा विश्वस्त छु । विपिनले फिल्ममार्फत पुनः आफ्नो क्षमतालाई प्रस्ट्याएका छन् । उनी अब्बल कलाकार हुन् भन्ने तथ्यलाई उनले प्रमाणित नै गरे ।

निर्मल शर्मा : यस्तो किसिमको फिल्म मलाई निकै मन पर्छ । किनकि यहाँ व्यर्थका केही छैनन् । चाहिने कन्टेनभन्दा फिल्म बाहिर गएको छैन । फिल्मले हामी कलाकारलाई जसरी छोएको छ दर्शकलाई पनि छुन्छ । यो फिल्म हेर्ने दर्शकले कलाकार हेर्ने नजरमा पक्कै परिवर्तन गर्छ भन्नेमा विश्वस्त छु । 

नवल नेपाल : छोरा जब कर्तव्यबाट विमुख हुन्छ त्यसपछि आउने परिणामलाई यसमा देखाइएको छ । फिल्मले मन छुन्छ र हाम्रो कर्तव्यप्रति पनि झस्काउँछ । फिल्मले हामीले खर्चिने समय र पैसाको सदुपयोग गर्छ । 

दीपेन्द्र के. खनाल : एउटा नयाँ निर्देशकले बनाएको फिल्म जस्तो लागेन । फिल्म यस्तै किसिमको म रुचाउँछु त्यसैले गर्दा मेरो मन छोयो । एउटा राम्रो र सरल नेपाली फिल्म हेर्न चाहनुहुन्छ भने फिल्म हेर्न आउनुस् । यो हाम्रो मौलिक कथाको मन छुने फिल्म हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय