site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा सुरु भयो राइड हेलिङ 'जुमजुम', इसेवाबाट सोझै पैसा भुक्तानी हुने

काठमाडौं । नेपालको प्रमुख सफ्टवेयर कम्पनी एफवान सफ्टले राइड हेलिङ एप जुमजुम औपचारिकरूपमा सुरु गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले जुमजुम सार्वजनिक गरेको हो । श्रीलंकाको राइडर सेयरिङ कम्पनी पीक मीसँगको सहकार्यमा जुमजुम नेपालमा सुरु भएको हो ।

कार्यक्रममा एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले जुमजुम अहिले बजारमा रहेका अन्य प्रतिस्पर्धीभन्दा फरक रहेको बताए । उनले यसमा इसेवा अकाउन्ट लिंक हुने हुँदा राइड सकिने बितिकै आफैँ राइडरको खातामा पैसा जाने बताए । मल्टिपल राइड बुक गर्न मिल्ने, पाँच लाखसम्मको बिमा राइडर र यात्रुलाई रहेको उनले बताए ।

यस्तै, राइडरलाई पैसा माग्ने झन्झट नहुने, ड्राइभर जाने दिशा अनुसारको राइड लिन मिल्ने हुँदा सहज हुने उनले बताए ।

एफ वान सफ्टका निर्देशक विश्वास ढकालले सार्वजनिक यातायातको विकल्प सोच्ने की भन्ने किसिमले यो ल्याएको बताए । यो बजेटमैत्री र मेजिकल अनुभव प्रदान गर्नका लागि आएको उनले बताए । नेपालको विशेष ट्रान्सर्फमका लागि यो ल्याएको हो । चार–पाँच वर्षभित्र नेपालीका लागि दिन सक्ने सहुलियत, सुविधासहित उत्कृष्ट ब्रान्ड बनाउने विश्वास उनले व्यक्त गरे ।

एफ वान सफ्टका ग्रुप सीईओ सिद्धान्त ठकुरीले विगत २० वर्षदेखि डिजिटल टेक्नोलोजीमा इन्नोवेसन् गर्दै आएको बताए । जुमजुमसँग ६ वटा अरु पार्टनर छन् ।

श्रीलंकाको पिक मिका सीईओ जिफ्री जुल्फरले नेपालमा एफवान सफ्टसँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro