site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहिद रंगशालमा पहिलो पटक हक्की, सातै प्रदेश प्रतिस्पर्धामा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । विराटनगरको सहिद रंगशालमा पहिलो पटक हक्की प्रतियोगिता आयोजना गरिएको छ । 

गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको दोस्रो  संस्करण सोमबारदेखि विराटनगरको सहिद रंगशालमा सुरु भएको हो । यसअघि रंगशालाको मैदानमा फुटबल प्रतियोगिताहरु भने भएका थिए । तर, हक्की पहिलो पटक आयोजना गरिएको हो ।

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले प्रदेश १ लाई ८-० गोलअन्तरमा पराजित गरेको हो । आर्मीका दीपेन्द्र ऐरले ३ र ४२ औं  मिनेटमा गोल गरेभने २० औं मिनेटमा शेरबहादुर रोकायाले गोल थपे । २७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरे । ३६ र ३७ औं मिनेटमा रोमन राणाले गोल गरेभने ५७ र ५९ औं मिनेटमा प्रदीप राजवंशी गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आर्मीका प्रदीप राजवंशी भए । 

त्यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई १–० गोलले पराजित गरेको छ । खेलको ३९ औं मिनेटमा गण्डकीका पिताम्बर थापाले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच गण्डकीका किशनबहादुर मगर भए । 

Royal Enfield Island Ad

त्यसैगरी, तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशले बराबरी १–१ गोल गर्दै अंक बाँडेका छन् । ४९ औं मिनेटमा बाग्मतीका विनजन घिमिरे र ५९ औं मिनेटमा सुदूरपश्चिमका अंकित महरले गोल गर्दै खेललाई बराबरी पारेका थिए । खेलको म्यान अफ द सुदूरपश्चिमका केशवराज जोशी भए । 

प्रतियोगिताको उद्घाटन नेपाल हक्की संघका केन्द्रीय अध्यक्ष उमेशलाल श्रेष्ठले गरेका थिए । प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् । 

प्रतियोगिताको पहिलो संस्करण झापामा भएको थियो भने फाइनलमा नेपाल आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त संस्करणको उपाधि गण्डकीले जितेको थियो । प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो खेल प्रदेश ५ र  प्रदेश २, दोस्रो खेल प्रदेश १ र बाग्मती प्रदेश तथा तेस्रो खेल नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro