site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा देखियो कोरोना भाइरस,शंकास्पद बिरामी निगरानीमा
SkywellSkywell

काठमाडौं । चीनमा अहिलेसम्म २५ भन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरस नेपालमा पनि देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका आकस्मिक पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।

कोरोना भाइरस : हङकङमा मास्क अभाव, मूल्यवृद्धि तेब्बर

नेपालमा अहिलेसम्म एकजनालाई कोरोना भाइरस रहेको पुष्टि भएको छ भने अरु केहीलाई निगरानीमा राखिएको छ ।

KFC Island Ad
NIC Asia

नेपालमा पनि देखियो कोरोना भाइरस,  चीनबाट फर्किएका एकजना संक्रमित

चीनमा अध्ययन गरेर फर्किएका एक विद्यार्थीलाई कोरोना भाइरस देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार कोरोना भाइरस देखिएका एक विद्यार्थीको अवस्था अहिले सामान्य छ ।

Royal Enfield Island Ad

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

“चीनको वुहान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षण विहीन रहेको र प्रत्येक्ष निगरानीमा रहेको जानकारी गराइन्छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

ती विद्यार्थीलाई सामान्य रुघाखोकी लागेर जनवरी ९ मा अस्पताल पुगेका थिए ।

कोरोना भाइरसबाट कसरी बच्ने ?

उनको स्वास्थ्य परीक्षणपछि रिपोर्ट थप पुष्टि गर्न हङकङ पठाइएको थियो ।

अमेरिका पुग्यो कोरोना भाइरस !

हङकङबाट बिहीबार नेपाल आइपुगेको रिपोर्टमा उनलाई कोरोना भाइरस देखिएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

अहिले ती युवाको अवस्था सामान्य रहेको भए पनि अर्का एक व्यक्तिलाई पनि निगरानीमा राखिएको छ ।

अमेरिकामा पनि भेटियो चीनबाट फैलिएको कोरोना भाइरस

उनी हङकङबाट नेपाल आएको बताइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस के हो ? कसरी बच्ने ?

अहिले अस्पताल र स्वास्थ्यकर्मीहरुले शंकास्पद बिरामीको पहिचान र उपचारमा अपनाउनुपर्ने विधिहरु, शंकास्पद बिरामी, परिवार र कुरुवाहरुले रोग सर्न नदिन अपनाउनुपर्ने सावधानीहरु अपनाइएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरुबीच विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाउँदै उपयुक्त जनशक्ति र उपकरणहरुसहित नेपाल भित्रने शंकास्पद बिरामीहरुको निगरानी कार्य भइरहेको मन्त्रायलयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro