site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं फेरि विश्वकै ‘प्रदूषित’ सहर, रारा पनि ‘अस्वस्थकर’
काठमाडौंको मनमैजुबाट आइतबार (चैत २४) बिहान देखिएको वायु प्रदूषणको दृश्य । तस्बिर : हरिराम भेटुवाल/रासस ।

काठमाडौं । काठमाडौं उपत्यका आइतबार (चैत २४) पनि ‘विश्वकै’ प्रदूषित बनेको छ । दुई सातायता काठमाडौं उच्च प्रदूषित छ ।

वायुको अन्तर्रािष्ट्रय नियामक निकाय आईक्यू एयरका अनुसार, आइतबार बिहान १०ः१५ बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको पहिलो नम्बरमा छ । उक्त समयमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २३३ छ ।

यो सूचीको दोस्रो स्थानमा रहेको भारतको दिल्लीको २१६ र अरू सहरको एक्यूआई २०० भन्दा कम छ ।

वातावरण विभागका अनुसार, यस दिन काठमाडौंका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटी तथा भक्तपुर उच्च प्रदूषित छ ।  उपत्यकाबाहिर दाङको देउखुरी र मुगुको रारा उच्च प्रदूषित छ ।

सोही समयमा देउखुरीको एक्यूआई १६० र रारा क्षेत्रको १५२ मापन भएको छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro