देश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट अवकाश प्राप्त गरिसकेकाहरूको संस्था राष्ट्रिय वाणिज्य बैंक, पूर्वकर्मचारी संघको १०औँ अधिवेशनले दिनेशविक्रम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले समितिको दुई उपाध्यक्षमा बालमुकुन्द श्रेष्ठ र शम्भुनाथ योगी, महासचिवमा लक्ष्मीप्रसाद पराजुली र कोषाध्यक्षमा राजेशबहादुर श्रेष्ठलाई चयन गरेको छ भने सदस्यहरूमा भागवत शर्मा, सतीश भट्टराई, बाबुराम थापा, प्रभा जोशी, रेणु घिमिरे र प्रतिमा मानन्धरलाई चयन गरेको नवनिर्वाचित महासचिव पराजुलीले जानकारी गराएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ १२:१८
प्रतिक्रिया दिनुहोस्