site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा पनि देखियो कोरोना भाइरस,  चीनबाट फर्किएका एकजना संक्रमित
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस देखिएको छ । 

स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी एक नेपालीमा पनि कोरोना भाइरस फेला परेको जानकारी दिएको हो । 

चीनको उहान सहरबाट हालसालै नेपाल फर्किएका एक विद्यार्थीमा यो भाइरस देखिएको हो । उनको उपचारसमेत भइसकेको छ। बिहीबार उनको रिपोर्ट सार्वजिन भएको मन्त्रालयले जनाएको छ ।  उनी १३ जनवरीमा उपचारका लागि आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जनवरी ९ मा नेपाल आएका ती विद्यार्थीमा रुघाखोकीको समस्या देखिएको थियो  । स्वास्थ्य मन्त्रालयका अनुसार उनी जनवरी १३ मा उपचार गर्न अस्पताल पुगेका थिए ।

उनको रिपोर्ट यहाँ चेक गर्दा राम्रै देखिएको भए पनि थप शंका लागेर हङकङ पठाइएको थियो ।

Global Ime bank

बिहीबार हङकङबाट आएको रिपोर्टमा कोरोना भाइरस देखिएको पुष्टि भएको थियो ।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार उनी अहिले ठीक भइसकेका छन् ।

पहिलो पटक चीनको वुहान प्रान्तमा फेला परेको कोरोना भाइरसबाट २६ जनाको मृत्यु भइसकेको छ । यसबाट वुहान प्रान्तमा करिब एकहजार संक्रमित रहेको चिनियाँ सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

यो भाइरस दक्षिण कोरिया, थाइल्याण्ड, जापान, अमेरिका र ताइवानमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । 

त्यहाँ वुहान प्रान्तमा आवातजावतमा पनि प्रतिबन्ध लगाइएको छ । चीन सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाइरहेको छ । 

चीनसँग सिमाना जोडिएको नेपालमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्ने हेल्प डेस्क राखिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । 

के हो कोरोना भाइरस ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।
यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

के छ नेपालको तयारी ? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख विवेक लालले चीनमा देखिएको कोरोना भाइरस नेपाल छिर्नबाट रोक्न सबै पर्यटकहरुमा स्वास्थ्य परीक्षणका लागि विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको बताए । “यो भाइरसबाट बच्न नेपालले पनि सतर्कता अपनाएको छ,”उनले भने, “हेल्थ डेस्कको माध्यमबाट प्रभावित राष्ट्रबाट आएका मानिसहरुको विवरण संकलन भइरहेको छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले कोरोना भाइरसको संक्रमण भएमा ज्वरो, खोकी तथा स्वासप्रश्वासमा समस्या देखिने बताए । उनले भने, “यस भाइरसको संक्रमणपछि ज्वरो, खोकी तथा स्वासप्रश्वासमा समस्या देखिनुका साथै संक्रमित व्यक्तिले  हाछ्युँ गर्दा खोक्दा थुक्दा र खकारमार्फत एकबाट अर्को व्यक्तिमा समेत सर्ने हुन्छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना भाइरसका विभिन्न प्रजाति हुने बताउँछन् । चीनमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस भएको र हालसम्म नेपालमा यस्तो भाइरस नदेखियको उनले बताए ।

उनले भने, “सो भाइरस नेपालमा छिर्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल विमानस्थलमा स्वास्थ्य हेल्थ डेक्स सुरु गरेको छ । विभिन्न अध्ययन हेर्दा हाल देखिएको सात वटा कोरोना भाइरसहरुमध्ये यो एउटा कारोनो भाइरस रहेका उनले बताए । उँटबाट सर्ने मर्स मानिसबाट मानिसमै पनि सर्ने भाइरस हो भने सार्स जनावरबाट मानिसमा सर्ने भाइरस हो ।” यो भाइरस हालसम्म नेपालमा नदेखिएको उनको भनाइ छ ।

मानिसबाट मानिसमा सर्ने कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले सबै देशलाई सचेत गराएको छ । 

सन् २००२ मा चीनलगायत ३० देशमा चार सयको ज्यान लिएको सार्स रोग कोरोना भाइरसबाटै फैलिएको थियो  । सन् २०१३ मा चीनकै मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस देखिएको थियो  ।

चिकित्सकहरुका अनुसार कोरोना भाइरसले स्वासप्रश्वास प्रणालीमा संक्रमण गरेर जनावर तथा मानिसको स्वास्थ्यमा असर गर्ने गर्छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC