site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कोरोना भाइरस : हङकङमा मास्क अभाव, मूल्यवृद्धि तेब्बर

हङकङ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमित हङकङमा पनि फेला परेपछि त्यहाँ 'फेस मास्क' को अभाव भएको छ । मास्क अभाव भएपछि त्यसको मूल्य एक्कासि बढेको हो । 

कोरोना भाइरसको संक्रमणबाट बच्‍न मास्क प्रयोग र मागमा वृद्धि भएपछि व्यवसायीहरुले तेब्बर मूल्यमा मास्क बिक्री गर्न थालेका छन् । शुक्रबार साउथ चाइना मोर्निङ पोस्टले गरेको बजार अनुगमनका क्रममा छमध्ये दुईवटा फार्मेसीमा मास्क अभाव भएको र केहीले २०० हङकङ डलरमा बिक्री गरिरहेको पाएको हो । 

एकजनालाई दुईवटा मास्क बक्सभन्दा बढी नदिनेसमेत गरिएको छ । सहरमा मास्क किन्‍नेको लामै लाइनसमेत देख्‍न सकिन्छ । बजारमा मास्कको माग बढेसँगै यसको मूल्य बढाइएको एक महिला मास्क बिक्रेताले बताइन् । 

मास्कको कृत्रिम अभाव सिर्जाना गरेर मूल्यवृद्धि गरेको केही मास्क प्रयोगकर्ताहरुले बताएका छन् । उनीहरुले सरकारले यस्तो विपद्को समयमा बजार अनुगमन गरेर मूल्य निर्धारण गर्न र मागबमोजिम मास्क उपलब्ध गराउन आग्रह गरेका छन् । 

तीन दिने भ्रमणका लागि हङकङ पुगेका इटालीयन पर्यटक कार्लो कोकोले मास्क खरिदका लागि छवटा फार्मेसी धाएर बल्ल पाएको सुनाए । उनले हङकङमा आउनुअघि कोरोनाको संक्रमण फैलिएको बारे आफूलाई जानकारी नभएको बताए । 

कोरोना भाइरसका कारण हङकङमा २६ जनाको मृत्यु भएको छ भने करिब हजारजति संक्रमित छन् । यो भाइरसको संक्रमण अमेरिका, जापान, दक्षिण कोरिया, थाइल्याण्ड पनि देखिएको छ ।

शुक्रबार नेपालको स्वास्थ्य मन्त्रालयले पनि एकजना चीनबाट फर्किएका नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण भएको पुष्टि गरेको हो । 

 

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro