site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
मौद्रिक नीति बनाउन ‘समिति’ बनाउनुपर्ने आवश्यकता देखियो 

बाह्रखरी गल्फमार्फत खेललाई अर्थतन्त्रसँग जोड्ने महत्वपूर्ण पहलका लागि बाह्रखरी मिडिया परिवारलाई हार्दिक बधाईसहित धन्यवाद व्यक्त गर्दछु । साथै नेपालको आर्थिक बृद्धिलाई कसरी तीब्र, अर्थतन्त्रलाई कसरी सवल बनाउन सकिन्छ भन्ने विषयमा महत्वपूर्ण छलफल आयोजना गर्नुभएको छ, यसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । 

मुलुकको विद्यमान अर्थतन्त्रको अवस्था, चुनौती र निजी क्षेत्रले भागेको समस्या एवं सरकारले गरेका केही सकारात्मक पहलका विषयमा प्रधानमन्त्रीज्यूलाई विदित नै छ । बैंकमा लगानी योग्य रकम बढिरहेको छ, ब्याज एकल विन्दुमा छ तर कर्जा लिएर लगानी गर्ने गरी नीतिगत सुधार अझै भईसकेको छैन् । बाह्य क्षेत्र राम्रो भएतापनि समग्र मागमा अपेक्षाकृत रुपमा सुधार आउन सकिरहेको छैन् । समग्र माग कसरी बढाउन सकिन्छ भन्नेतर्फ हामी सबैको ध्यान जान आवश्यक देखिन्छ । 

नेपाल उद्योग परिसंघले जहिले पनि समग्र अर्थतन्त्रको हित हुने गरी सुझावहरु प्रस्तुत गर्ने गरेको छ । हाम्रा सुझावहरु अनुसन्धानमा आधारित हुन्छन् । परिसंघले मुलुकमा लगानीको वातावरण बनाउन कानुनहरुमा सुधार अपरिहार्य रहेको निष्कर्ष निकाल्दै कुन कुन कानुनको कुन दफामा के सुधार गर्नुपर्छ भनेर अध्ययनसहित विस्तृत सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरेको थियौं । सो सुझाव समेतलाई आधार बनाएर वर्तमान सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न, लगानी अभिबृद्धि एवं सार्वजनिक सेवा प्रवाहमा सुशासन प्रवाह गर्न कानुनहरुमा सुधार गर्यो र संसद्बाट समेत पास भईसकेको छ । कानुनहरुमा भएका सुधार स्वागतयोग्य छन्, यसले नेपाललाई लगानीका लागि नेपाल कानुनी रुपमा समेत प्रतिबद्ध छ भन्ने सन्देश दिएको छ । 

सम्माननीय प्रधानमन्त्रीज्यूको थाइल्याण्ड भ्रमणबाट आजै मात्र फर्किएका छौं । सो भ्रमणका क्रममा पनि थाइल्याण्डका लगानीकर्तालाई नेपाल लगानीका लागि उपयुक्त गन्तव्यमुलक भएको, कानुनहरुमा सुधार गर्दै नेपाल सरकारले लगानीको वातावरण बनाएको सन्देश त्यहाँका उद्योगी व्यवसायीहरुलाई दिन सफल भएका छौं । सरकारले कानुनमा गरेको सुधारको परिणाम तत्काल नदेखिएपनि यसले मुलुकको अर्थतन्त्रको विकासमा दूरगामी प्रभाव पार्ने मेरो विश्वास छ । हाल कानुनमा गरिएको सुधार पर्याप्त नहुन सक्छन् । अर्थलगायतसँग सम्बन्धित कानुनहरुको सुधारमा पनि जोड दिन अनुरोध गर्न चाहन्छु । हालै सरकारले अर्को महत्वपूर्ण निर्णय गरेको छ, त्यो हो ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१’ । यो निर्देशिकाको प्रभावकारी कार्यान्वयनले स्वदेशी वस्तुहरुको प्रयोग बढाउन सहयोग गर्ने हुँदा अर्थतन्त्रको विकासमा यसले महत्वपूर्ण प्रभाव पार्ने मेरो विश्वास छ । 

तीब्र आर्थिक वृद्धि एवं सवल अर्थतन्त्र निर्माणका लागि थप कानुनीसँगै नीतिगत सुधार अपरिहार्य छ । कतिपय सही दृष्टिकोणबाट ल्याइएका नीतिको कार्यान्वयनलाई सोही अनुरुप अगाडि बढाउनुपर्ने पनि देखेको छौं । अर्थतन्त्रको विकासका लागि हामीले सुधार गर्नुपर्ने प्रमुख १० विषयहरुलाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु । 

हाम्रा नीति तथा दृष्टिकोण revenue based भन्दा production based हुनुपर्ने आवश्यकता छ । उत्पादनमा आधारित नीति हुँदा त्यो दीर्घकालिन हुन्छ । हाम्रा नीति आन्तरिक उत्पादनलाई भन्दा व्यापारलाई सहज गर्ने खालको हुँदा वैदेशिक व्यापार घट्दा राजश्वमा चाप पर्ने, बैदेशिक व्यापार बढ्दा राजश्व पनि बढ्ने देखिएको छ ।

त्यसैले हाम्रो ध्यान उत्पादन बढाउनेतर्फ नै हुनुपर्छ । ड्ड स्वदेशी उद्योग तथा सरकारका लागि पनि चोरी पैठारी नियन्त्रण निकै आवश्यक छ । भारतबाट नेपालतर्फ हुने अवैध पैठारीको कारण नेपालमा भएको १३ प्रतिशत मुल्य अभिबृद्धिले वस्तु महंगो हुनु पनि एक हो । भारतमा सोही वस्तुमा ५ प्रतिशत मात्र कर लाग्ने र नेपालमा १३ प्रतिशत कर लाग्ने भएकोले सो मूल्य अन्तरका कारण भारतबाट नेपालतर्फ अवैध रुपमा व्यापारको प्रवाह भइरहेको छ । ड्ड परिसंघले करिब २ वर्ष अगाडी गरेको अध्ययनले नेपालमा ११५१ वटा वस्तुहरूमा मुल्य अभिवृद्धि करमा छुट दिएको देखिन्छ । यसरी नेपालमा छुट भएका ५९४ वस्तुहरूमा भारतमा न्क्त् लाग्ने गरेको देखिन्छ, जस मध्ये ६ वस्तुमा २८ प्रतिशत न्क्त् रहेको छ । नेपालले बहुदरको मुल्य अभिवृद्धि कर लगाइ भारत समान करको दर बनाउँदा वस्तुको मूल्य समान हुन गई अनधिकृत व्यापारको प्रवाहमा कमी आउनेछ । त्यसैले हामी : ulti VAT प्रणाली अबलम्बन गर्न आवश्यक छ । 

नेपालमा हाल करिब ११५० वटा वस्तु तथा सेवाहरूको नेपाल गुणस्तर निर्धारण गरिएको छ, तर सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरू आयात हुने गरेको पाइन्छ । अधिकांश आयातित वस्तुहरु कस्तो गुणस्तरका छन् भन्ने नै यकिन छैन् । स्वदेशी सबै उत्पादन तथा उत्पादकहरुमा गुणस्तरिय मापदण्ड लागू हुन्छ । सबै उत्पादकहरुले गुणस्तरिय मापदण्ड अनिवार्य पूरा गर्नुपर्छ । स्वदेशी उत्पादन तथा उत्पादकहरुले गुणस्तरिय मापदण्ड पुरा गरे नगरेको निगरानी गर्ने धेरै निकायहरु पनि छन्। तर आयातित वस्तुमा निगरानी गर्ने गरिएको पाइदैन्। हामीलेगुणस्तरिय वस्तुमात्रै आयात गर्ने नीति लिन आवश्यक छ । 

आयात गरिनु अगाडी नै लेबलिंग गर्नुपर्ने व्यवस्था गरिनुपर्ने : उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ ले स्वदेशी उत्पादनमा लेबलिङ लगाउनुपर्ने व्यवस्था गरेको छ । नेपाल उद्योग परिसंघले आयातित वस्तुमा पनि लेबलिङ अनिवार्य गर्नुपर्ने निरन्तरको सुझाव अघिल्लो आर्थिक वर्षको बजेटमा सुनुवाई भयो । जुन मनसायले सरकारले आयातित वस्तुमा लेबलिङ लगाउनुपर्ने घोषणा बजेटमार्फत गरेको थियो त्यो अनुसार भने हुन सकिरहेको छैन ।

अहिले आयातित वस्तुमा लेबलिङ लगाइएको त छ तर भन्सार पास भएपछि मात्रै लेबलिङ गरिएको छ । हाम्रो माग आयातित वस्तुमा भन्सार विन्दुमा नै लेबलिङ लगाउनुपर्छ भन्ने हो । भन्सार पास भएर आएपछि लेबलिङ लगाएर हुँदैन् । औद्योगिक कच्चा पदार्थ बाहेक सामान भन्सारबाट पास हुनुपूर्व नै लेबलिङ लगाएको हुनुपर्ने व्यवस्था गरिनुपर्छ । यसले अवैध कारोबारलाई रोक्ने मात्रै होइन उपभोक्ताहरुले गुणस्तरिय वस्तुहरुको प्रयोग पनि गर्न पाउँछन् । य स्वदेशी सामानहरु विदेश निर्यात गर्दा नेपालमै लेबलिङ लगाएर मात्रै निर्यात गर्न पाइन्छ । जुन देशबाट हामीले सामानहरु ल्याउँछौं ती वस्तुहरुमा पनि यचष्नष्ल मै लेबलिङ लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने । यस्तो व्यवस्थाले अवैध कारोबारलाई नियन्त्रण गर्न सहयोग गर्छ भने स्वदेशी उद्योगहरुको प्रबद्र्धन हुन्छ । 

आर्थिक कसुरमा आर्थिक जरिवाना मात्रै लगाइनुपर्ने गरी कानुनहरुमा सुधार गर्न आवश्यक छ । सामान्य त्रुटिमा पनि थुन्ने प्रावधान हाम्रा कानुनमा छन् । भौजदारी हुने विषय बाहेकका त्रुटिमा थुन्ने नभई जरिवाना लगाउने प्रावधान गर्न आवश्यक छ । आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेका मुलुकहरुले अहिले यही अवधारणा अबलम्बन गरिरहेका छन् । परिसंघले यस विषयमा गहन रुपमा अध्ययन गरेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन छिट्टै उपलब्ध गराउनेछौं । त्यो अध्ययन प्रतिवेदनले सरकारलाई अगाडि बढ्न सहयोग गर्ने हाम्रो विश्वास छ । 

लगानी आकर्षित गर्न एवं तीब्र आर्थिक विकासका लागि आयकर ऐनको दफा ५७ र ९५क ले समस्या उत्पन्न गराएको छ । आयकर ऐनमा रहेको दोहोरा कर लाग्ने प्रावधानमा सुधार गर्न आवश्यक छ । 

भौतिक पूर्वाधारको विकासका लागि low bidding system हटाउन आवश्यक छ । ठुला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई आकर्षित गर्न सार्वजनिक निजी साझेदारीका Hybrid Annuity Mode (HAM), Value Capture Model (VCM) लगायतका Model अबलम्बन गरी ठूलो परियोजनामा लगानी सहजै जुट्ने र समयमै परियोजना सम्पन्न हुने वातावरण बनाउनुपर्छ । 

Over Sight Agency को डरले काम/निर्णय नगर्ने परिपाटी रहेको देखिन्छ । यसले निर्णय प्रक्रियामा ठूलो असर पार्ने र त्यसले समग्र अर्थतन्त्रको विकासमा धक्का दिने हुँदा कसरी कर्मचारीहरुलाई काम गर्न दिने वातावरण बनाउने हो, सरकारले सोच्नुपर्ने निजी क्षेत्रले समेत अनुभव गरेको छ । सही नियत राखेर निर्णय गर्ने राष्ट्रसेवक कर्मचारीहरुलाई कुनै पनि निर्णय गर्दा डराउन नपर्ने वातावरण बनाउनुपर्ने आवश्यकता देखिन्छ । कुनै पनि नीति, नियम हाम्रो अर्थतन्त्र अनुरुपका हुनुपर्छ । विदेशी संस्थाहरुको दबाब वा आग्रहमा कुनैपनि नीति बन्न हुनुहुँदैन । विगत ३ वर्षदेखि हाम्रो अर्थतन्त्र जुन तरिकाले संकुचित भयो, त्यसको प्रमुख कारण हाम्रै नीति पनि हुन् । त्यसैले चालूपुँजी कर्जा मार्गनिर्देशन र सम्पत्ति वर्गीकरण निर्देशन खारेज गर्नुपर्ने हाम्रो सुझाव छ । साथै मौद्रिक नीति बनाउन मौद्रिक नीति समिति बनाउनुपर्ने आवश्यकता पनि देखेका छौं । 

विकासको हरेक क्षेत्रमा सबैभन्दा ठूलो बाधक वनसँग सम्बन्धित कानुन बनेका छन् । करिब ४५ प्रतिशत वन जंगल भइसकेको छ । हामी देशलाई नै जंगल बनाउने हो वा विकासको नयाँ चरणमा प्रवेश गराउने हो, त्यसमा स्पष्ट हुनुपर्ने आवश्यकता छ । त्यसैले वनसँग सम्बन्धित कानुनमा व्यापक सुधार अपरिहार्य रहेको धारण राख्न चाहन्छु । 

सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालले बाह्रखरीले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा शनिबार राखेका धारणा 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro