site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मतदातालाई होटलबाट सोझै मतदानस्थलमा पुर्‍याइँदै 

जनकपुर । ‘क्रसभोटिङ’ गर्ने हल्ला चलेपछि विपक्षी उमेदवारले भेट्न नपाउने गरी बासको व्यवस्था गरिएका नेकपा–राजपा गठबन्धनका मतदाताहरुलाई सोझै मतदानस्थलमा पुर्‍याउने तयारी भइरहेको छ ।

नेकपा तथा राजपा निकट प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष एवं प्रमुख, उपप्रमुखलाई दुई दिनदेखि बर्दिबासस्थित होटलमा राखिएको थियो । 

उनीहरुलाई कुनै बहानामा ‘क्रसभोटिङ’ हुन नदिन दुवै पार्टीका शीर्ष नेताहरुले लगातार दुई दिनदेखि प्रशिक्षण दिँदै आएका थिए । 

बिहीबार उनीहरु सबैलाई एकैपटक मतदानस्थलमा पुग्न पार्टीकै तर्फबाट व्यवस्था गरिएको प्रदेशसभामा प्रमुख सचेतकको भूमिकामा रहेका राजपा सांसद परमेश्वर साहले जानकारी दिए ।

मतदानको सबै तयारी पूरा

राष्ट्रियसभाका लागि प्रदेश २ बाट चार जना सदस्य चयन गर्न केही बेरमा मतदान सुरु हुँदैछ ।  स्थानीय तहका २७२ र प्रदेशसभाका १०७ गरी ३७९ जनप्रतिनिधिले मतदान गर्नेछन् । 

१० बजेदेखि सुरु हुन लागेको मतदान प्रक्रियामा भाग लिन विभिन्न जिल्लाबाट मतदाताहरु आउन थालेको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जनाए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro