site stats
बाह्रखरी :: Baahrakhari
देश
तारूकाको जात्रा : गोरूको जुधाइ, स्थानीयलाई रमिता ! (तस्बिरमा)

नुवाकोट । नुवाकोट जिल्लाको तार्केश्वर गाउँपालिकामा हरेक वर्ष माघ सक्रान्तिका दिन आयोजना हुने गोरू जुधाइ कार्यक्रम बुधबार आयोजना गरिएको छ। 

बर्सेनि माघे संक्रान्तिका अवसरमा नुवाकोटको पौरखका रूपमा मनाइने गोरु जुधाइ कार्यक्रम आयोजना गरिएको हो ।

गोरू जुधाइको यसवर्षको संस्करण महारूद्र युवा क्लबले आयोजना गरेको हो। देशभर विभिन्न चाड मनाउँदा नुवाकोट भने आफ्नै इतिहासलाई निरन्तरता दिने क्रममा रहेको हो। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नुवाकोटको तारूका गोरु जुधाइ प्रतियोगिताका लागि प्रशिद्द छ । 

गत वर्षहरुमा जस्तै यस वर्ष पनि यहाँ २१ हल गोरु जुधाइएको छ । तारूका सुरू भएको गोरु जुधाइ प्रतियोगिता अहिले नुवाकोटका वेत्रावती, पञ्चकन्या र धादिङको धुँवाकोटमा पनि आयोजना हुन्छ । 

नुवाकोटमा माघे सक्रान्ती र गोरु जुधाइको विशेष महत्त्व छ । 

जानकारका अनुसार यो कार्यक्रम लामो समयअघिदेखि आयोजना हुँदै आएको छ। 

स्थानीय काअनुसार बझाङी राजा जयपृथ्वीबहादुर सिंह मावली आउँदा स्थानीयले उनलाई यो खेल देखाएर मनोरञ्जन गराएका थिए । 

र, त्यही दिनदेखि हरेक वर्ष माघे सङ्क्रान्तिका दिन तारुकामा गोरु जुधाइ कार्यक्रम हुँदै आएको छ । 

हेरौं तस्बिरमाः

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १५:५३
प्रतिक्रिया दिनुहोस्