site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकैदिन अख्तियारका पाँच आरोपपत्र : प्रहरी निरीक्षकलाई घूस दिनेदेखि उत्तरपुस्तिका साट्नेसम्म
SkywellSkywell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घूस दिन खोज्नेदेखि घूस खाने प्रहरी र उत्तरपुस्तिका साट्ने परीक्षा निरीक्षककविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बुधबार ५ आरोपपत्र विशेष अदालत काठमाडौंमा दायर गरिएको हो । वालिङ नगरपालिका ८ का जहरूदिन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका कार्यालय प्रमुख प्रहरी निरीक्षकलाई कार्यकक्षमै १५ हजार घूस दिन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । तेलीविरुद्ध प्रहरी निरीक्षकलाई घूस दिएको पुष्टि भएको भन्दै आरोपपत्र दायर भएको हो । 

KFC Island Ad
NIC Asia

त्यस्तै, कर्णाली प्राविधिक शिक्षालयका परीक्षा सहायक तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को परीक्षाका निरीक्षक चन्द्रसिंह खत्रीविरुद्ध पनि आरोपपत्र दायर भएको छ । प्राविधिक शिक्षालयमा सञ्चालित कृषितर्फको डिप्लोमा प्रथम वर्षको बाह्य परीक्षामा परीक्षार्थी गंगाराज शाहीका उत्तरपुस्तिकाहरू परिवर्तन गरी अनियमितता गरेको भन्ने व्यहोराको उजुरी अनुसन्धान गर्दा दोषी पाइएको भन्दै खत्री र परिक्षार्थी गंगाराज शाहीविरुद्ध आरोपपत्र दायर भएको छ ।  प्रश्नपत्रको गोपनीयता भंग तथा परीक्षाको परिणाम फेरबदलसम्बन्धी कसुर गरेको पुष्टि हुन आएकाले शाही र खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको सजाय हुन मागदाबी लिइएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीका प्रहरी निरीक्षकलाई घूस दिन खोज्ने श्यामकुमार श्रेष्ठविरुद्ध पनि आरोपपत्र दायर भएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत जवान सरोजकुमार यादवविरुद्ध पनि आरोपपत्र दायर भएको छ । घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग यादवले १५ हजार रुपैयाँ घूस लिएका थिए । उता, जन्मदर्ताको प्रमाणपत्र बनाइदिन घूस मागेको भन्दै सप्तरी महादेवा गाँउपालिका ६ का वडासचिव नायब सुब्बा नवोनाथ मिश्रविरुद्ध पनि आरोपपत्र दायर भएको छ । अख्तियारले बुधबार विशेष

Royal Enfield Island Ad

अदालतमा दायर गरेको आरोपपत्रमा जन्मदर्ता प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro