site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपा र राजपा तथा कांग्रेस र समाजवादी मिलेरै मैदानमा

तस्बिर : उमेदवारी दर्तापछि बायाँबाट क्रमशः कांग्रेसका नगिना यादव र भोला पजियार तथा सपाका अनिरुद्रसिंह यादव र रामपृत पासमान ।


जनकपुर । अगामी माघ ९ गते हुन राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश २ बाट नेकपा र राजपा तथा कांग्रेस र समाजवादी पार्टी (सपा) आपसमा गठबन्धन बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

आइतबार निर्धारित समयभित्र चारवटै पार्टीका दुई-दुई जना उम्मेदवारले जनकपुरस्थित निर्वाचन कार्यालयमा मनोनयन पत्र दर्ता गराएका छन् । नेकपा र राजपाको गठबन्धनबाट दुवै पार्टीका दुई-दुई जनाका दरले क्रमशः तुलसा दाहाल, राधेश्याम पासमान, मृगेन्द्रसिंह यादव र शेखर सिंहको उम्मेदवारी परेको छ ।

त्यस्तै, कांग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट क्रमशः भोला पजियार र नगिना यादव (कांग्रेस), रामपृत पासमान र अनिरुद्रसिंह यादव (सपा) ले उम्मेदवारी दर्ता गराएका हुन् । 

दोस्रो जनआन्दोलन लगत्तै एउटा गैरसरकारी संस्थाको रुपमा रहेको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको नेतृत्वमा मधेश आन्दोलन सुरु भयो । सोही आन्दोलनबाट राजनीतिक दलको हैसियत बनाएको फोरम र त्यसअघि मधेशको मुद्दा उठाएर राजनीति गर्दै आएको तत्कालीन नेपाल सद्भावना पार्टीसँगै करिब एक दर्जन दलहरु उदाए । आन्दोलन अवतरण हुँदै गर्दा सबै आपसमा जुट्दै पुनः दुई वटा दल कायम रहयोः समाजवादी पार्टी  र राष्ट्रिय जनता पार्टी । 

यतिबेला दुवै दलको नामबाट मधेश र मधेशी भन्‍ने शब्द हटाइएको छ । फरक यति छ कि सपाले पार्टीको नाउँमा ‘राष्ट्रिय’ शब्द नराखेपनि अशोक राई र बाबुराम भट्टराईसँग मिलेर राष्ट्रव्यापी रुपमा विस्तारमा लागेको छ भने राजपाले पार्टीको नाममा ‘राष्ट्रिय’ शब्द राखेपनि मधेश केन्द्रित दलको रुपमा आफूलाई प्रस्तुत गरिरहेको छ । 

पार्टीको विचार तथा सिद्धान्तको आधारमा सपा र राजपाबीच निकटता भएपनि पछिल्लो राष्ट्रिय चुनावको विषयमा गरिएको गठबन्धनले दुवैबीच दूरी बढेको छ । दुई हप्ताअघिसम्म दुवै पार्टीबीच एकताको लागि घनिभूत रुपमा छलफल भइरहेको दावी गर्दै आएका नेताहरु यतिबेला चुनावी तयारी क्रममा एकले अर्को पार्टी विरुद्ध अभियानमा क्रियाशिल भएका छन् । 

चुनावपछि जे-जस्तो परिणाम आएपनि यतिबेला प्रदेश २ मा देखिएको राजनीतिक समिकरणले रोमाञ्चक दृश्य प्रदर्शन गरिरहेको छ । राष्ट्रियसभा चुनावका लागि आमुनेसामुने उभिएका दलहरु सपा र राजपा बीचको गठबन्धनले नै प्रदेश २ मा सरकार चलाइरहेको छ । प्रदेशसभामा नेकपा र कांग्रेस प्रतिपक्षी दलको भूमिकामा छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro