site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कांग्रेस नेताले बाँडे उखु किसानलाई न्यानो लुगा
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले आन्दोलनरत उखु किसानलाई न्यायो लुगा वितरण गरेका छन् । कठ्यांग्रिने चिसोले बिरामी परिरहेका बेला नेता बजगाईंले शुक्रबार माइतघर मण्डला पुगेर उखु किसानलाई ज्याकेट वितरण गरेका हुन् । 

वक्यौता रकम भुक्तानीको माग गर्दै एक साता अघिबाट आन्दोलनरत उखु किसानलाई झण्डै ७० हजार रुपैयाँ बराबरको ज्याकेट वितरण गरिएको उनले जानकारी दिए । नेता बजगाईं प्रदेशसभा निर्वाचनमा गोर्खाबाट चुनाव लडेका थिए । 

KFC Island Ad
NIC Asia

यसैबीच कांग्रेसको भ्रातृ संगठन नेपाल कृषि श्रमिक संघले उखु किसानहरुको आनदोलनमा ऐक्यवद्धता जनाएको छ । संघले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकार समक्ष किसानको वक्यौता रकम अविलम्ब भुक्तानीका लागि पहल गर्न आग्रह पनि गरेको छ । 

संघका अध्यक्ष विमला गैरे र महासचिव ठानप्रसाद पोखरेलले शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर किसनको माग पूरा गरी उनीहरुलाई घर फर्काउने वातावरण निर्माण गर्न माग गरेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro