site stats
बाह्रखरी :: Baahrakhari
देश
एसपी मल्लले चितवन छाडे
Argakhachi Cement Island Ad

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छाडेका छन् । उनले आजमात्रै दरबन्दीका लागि रवाना बुझेर चितवनबाट काठमाडौं हिँडेका छन् । 

उनलाई आजै जिल्ला प्रहरी कार्यालय तथा चितवनका विभिन्न संघ–संस्थाले बिदाइसमेत गरेका छन् । उनले आजै डीएसपी एकनारायण कोइरालालाई बरबुझारथ गरेका छन् । जिल्ला प्रहरी प्रवक्तासमेत रहेका कोइरालाले आज मल्ललाई कार्यालयबाट बिदाइ गरिएको जानकारी दिए । ‘‘उहांँ आज यहांँबाट बिदाइ भएर जानुभयो,’’ उनले भने, ‘‘घर जानुहुन्छ कि काठमाडौं त्यो भने थाहा भएन ।’’ 

मल्लले आफूलाई निमित्त जिम्मेवारी सुम्पिएको भन्दै कोइरालाले अर्का एसपी गंगा पन्त कहिले आउने भन्ने विषयमा एकिन जानकारी नभएको बताए । 

यद्यपि स्रोतका अनुसार पन्त आइतबार आउने भएकी छन् । सरुवा भएको दुई सातासम्म पनि जिल्ला नछाडेपछि एसपी मल्लको चर्को आलोचना भएको थियो । प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १५:४८
प्रतिक्रिया दिनुहोस्