site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘अपराधी नियन्त्रण हुन्छन्, अपराध हुँदैनन्’ 

चितवन ।  कानुन उल्लंघन गरेर अपराध गर्नेहरु प्रहरीको फन्दामा परे पनि अपराधमा भने नियन्त्रण आउन नसकेको सरोकारवालाहरुले बताएका छन् । 

प्रहरीमा यस्ता घटनाको उजुरीसँगै अपराधी पक्रने गरे पनि यसको तुलनामा भने अपराध बढ्दै गइरहेको उनीहरुले बताएका हुन् । सोमबार भरतपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), चितवनद्वारा आयोजित नेपाल मानव अधिकार वर्ष २०२० का लागि संकलित घटनाको वार्षिक समीक्षा कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी मीना खरेलले समाजमा सचेतना बढेसँगै यस्ता घटना प्रहरीकोमा पुग्‍ने गरेको बताइन् । उनका अनुसार यी घटनाहरुमध्ये पनि घरेलु हिंसाका घटना बढेसँगै महिलाहरु न्यायको लागि प्रहरीसमक्ष पुग्‍ने गरेका हुन  । नैतिकता, संस्कार र अनुशासनको कमीले गर्दा अपराधीको संख्यामा पनि वृद्धि हुँदै गएको भन्दै उनले अपराधीहरु पक्राउ परे पनि अपराधिक घटनामा भने नियन्त्रण हुन नसकेको बताइन् । 

सो अवसरमा बोल्दै अधिवक्ता फूलमाया रानाभाटले अन्य अपराधिक क्रियाकलापभन्दा घरेलु हिंसाको अवस्था भयावह भएको बताइन् । "देशकै तथ्यांक हेर्ने हो भने बालबालिकामा हुने  ६५ प्रतिशत घरेलु हिंसाका घटना भएको पाइन्छ," उनले भनिन , "त्यसमध्ये पनि सम्बन्धविच्छेद भएका बाबुआमाका छोराछोरीहरुमा झन स्थिति भयावह छ ।"

अपराध नियन्त्रणका लागि महिलालाई भन्दा पुरुषलाई बढी सचेतनाको खाँचो रहेको उनले औँल्याइन् । 

कतिपय आपराधिक घटनाहरु प्रहरीसमक्ष आए पनि विभिन्‍न प्रलोभन पारेर अपराधीले उन्मुक्ति पाउने गरेका छन् । मानव अधिकार संरक्षण मञ्‍चकी अध्यक्ष कल्पना उप्रेती अधिकांश घटना प्रहरी समक्ष आए पनि आर्थिक प्रलोभन र दबाबका कारण त्यस्ता दोषीहरु उन्मुक्ति हुने गरेको उनले बताइन् । उनका अनुसार नैतिकताको अभाव र कानुन कार्यन्वयन कमजोर भएका कारण पनि यस्ता घटनाहरुमा वृद्धि भएका छन  । 

राजनीतिक प्रभाव र अन्य कारणले गर्दा कतिपय यस्ता घटनाहरु अदालतसमक्ष आउदैनन् । आएका मुद्दाहरुमा अदालतले अनुसन्धान गरेर कारबाही गरे पनि यस्ता घटनामा न्यूनिकरण गर्न समाजमा सचेतना आवश्यक रहेको बताउँछन् चितवन जिल्ला अदालतका न्यायधिश हेमन्त रावल । 

"दोषीलाई दण्डदिने, जरीवाना गर्ने काम अदालतबाट भइरहेको छ," उनले भने, "तर कतिपय मुद्दा ढिलासुस्ती हुने र प्रमाण नपुग्‍ने गरेका कारण पीडक उम्कने गर्छन।  अपराध बढ्नुमा समाजमा केही न केही त्रुटी छ । जसका कारण निर्दोष मान्छे फसेका छन ।" कारबाहीबाट मात्रै अपराध कम गर्न नसक्ने हुनाले  सभ्य र सुसंस्कृति समाजबाट नै यसको न्यूनिकरण गर्न सकिने उनको भनाई छ । 

८९ वटा घटना मानव अधिकार उल्लंघनका 

चितवन जिल्लामा इन्सेकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार एक वर्षको अवधिमा जिल्लामा ८९ वटा मानवअधिकार उल्लंघनका घटना भएको छ । २०७५ साल पुष १७ देखि २०७६ पुष १३ सम्मको तथ्यांक अनुसार महिला अधिकारअन्तर्गत बलात्कारका १५ र बलात्कार प्रयास आठवटा छन । यस्तै बहुविवाहअन्तर्गत १९ वटा यस्तै बालअधिकारतर्फ बलात्कारका २५ वटा घटना रहेका छन् । बाल यौन दुर्व्यवहारतर्फ छवटा घटनामा चारजना बालक अपाकृतिक मैथुन पीडित रहेका छन् । 

यस्तै सो अवधिमा एक महिला र तीन पुरुषको हत्या भएको छ । तथ्यांकअनुसार जातीय विभेदका चारवटा घटना, महिला बेचबिखनका छवटा र बालिका बेचबिखनका एक घटना दर्ता भएका छन्। अघिल्लो वर्षभन्दा अहिले बलात्कार र हाडनाताका घटना बढेको इन्सेक चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले बताए । उनका अनुसार अघिल्लो बर्ष अनुसार गतवर्ष २१ वटा बलात्कारका घटना र छवटा  हाडनाता करणीका घटना थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro