site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणगढ-मुग्लिन सडक पुस २२ गतेसम्म दैनिक ४ घण्टा बन्द हुने

फाइल तस्बिर


चितवन । देशकै लाइफलाइन सडकखण्ड मानिएको नारायणगढ-मुग्लिन सडक खण्ड ११ दिन दैनिक चार घण्टा बन्द हुने भएको छ । 

पहिलो पटकको सूचना अनुसार दुई साताको समयावधि सकिए पनि काम अझै नसकिएकोले नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । शुक्रबार आयोजनाले सूचना प्रकाशित गरी थप ११ दिन दैनिक ४ घण्टा बन्द हुने जानकारी दिएको हो । 

उक्त सूचना अनुसार यो सडकखण्ड पुस २२ गतेसम्म बन्द हुने भएको हो । पहिरो नियन्त्रण र मर्मतसम्भार कार्य नसकिएकोले मिति थप गरिएको आयोजनाले जनाएको छ । यसअघि पनि पहिरो रोकथाम र मर्मतका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म बन्द हुँदै आइरहेको छ ।

यो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारी साधनलाई १५ किलोमा रोकिनेछ भने मालबहाक सवारी साधनलाई दासढुंगामा रोकिने छन्। यसैगरी काठमाडौंबाट मुग्लिनतर्फ आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजार र पोखराबाट आउने सवारी साधनलाई बेनिटारमा रोकिने छ ।

काठमाडौंबाट मुग्लिनतर्फ आउने मालबाहक सवारी साधनलाई लेवाटारमा र पोखराबाट आउने मालबहाक सवारी साधनलाई आँबुखैरहनीमा रोकेर व्यस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिए  ।

एम्बुलेन्स, शवबहान, सुरक्षा निकाय र अन्य अत्यावश्यक सवारीसाधनको हकमा भने सुरक्षा निकायको समन्वयमा सडक पास गराउने व्यवस्था गरिएको छ । आयोजनाले कार्यातालिका अनुसार सवारी सञ्‍चालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोधसमेत गरेको छ । यो सडक खण्डमा दैनिक झण्डै १० हजार सवारी ओहोरदोहोर गर्दछन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro