site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘राजनीतिक परिवर्तनमा एकमत भयो, विकासमा भएन’

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलकको राजनीतिक परिवर्तनमा सबैदल, तहतप्काको एकमत भएपनि देशको विकासमा पक्षमा भने त्यस्तो नभएको बताएका छन् । 

बिहीबारबाट सौराहामा सुरु भएको १६ औं चितवन हात्ती महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, "राजनीतिक परिर्वतन र स्थायीत्वको विषयमा सबैको एकमत भयो । तर, विकासको पक्षमा सोचेजस्तो भएन  ।" 

"परिवर्तनका ठूला-ठूला काम गरेपनि विकासको विषयमा अझैपनि खुट्टा तानानताको अवस्था आएको छ । राजनीतिक स्थायीत्व र स्थिरता शैशवकालमा छ,"  उनले भने, "अझै पनि हावाहुरी सहेर सतीसालको रुपमा उभिन्छ कि उभिदैा शंका उतपन्न भएको छ ।"

पर्यटन विकासले अवसर र सम्भावना ल्याउने भन्दै अनन्त विकास क्षेत्र पर्यटनले मात्र सम्भव हुने उनले  बताए । सो अवसरमा बोल्दै प्रचण्डले चितवनको जंगल पर्यटनमा समस्या रहेको भन्दै निकुञ्ज ऐन २०२९ संशोधनको प्रकृया अगाडि बढेको जानकारी दिए  । "नयाँ ऐनले मानिस, जनावर र निकुञ्जको हित गर्नेछ," उनले भने । 

पर्यटनको पूर्वाधार विकासमा आफ्नो ध्यान गएको भन्दै अध्यक्ष प्रचण्डले निकुञ्जभित्र निजी हात्तीको सफारी खुलाउने विषयमा सरकारसँग पहल गर्ने आश्वासन दिए । नेपाललाई पर्यटनको अथाह सम्भावना भएको देश बताउँदै  प्रचण्डले भने , "पर्यटन यस्तो क्षेत्र हो, जसको जति विकास गरेपनि पूर्ण हुँदैन ।"

भ्रमण वर्षको पूर्वसन्ध्यामा हात्ती महोत्सवको आयोजना गरी हात्ती र मान्छेबीचको हार्दिक सम्बन्ध प्रदर्शित गर्ने राम्रो प्रयास भएको उनको भनाइ थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro