site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६१ भूकम्प प्रभावितको नाम सूचीबाट हटाउन सिफारिस
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

चितवन । जिल्लामा रहेका ६१ भूकम्प प्रभावितको नाम सूचीबाट हटाउन स्थानीय तहले सिफारीस गरेका छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुरका अनुसार भूकम्प प्रभावितमध्ये २ जनाको प्रथम किस्ताबापतको रकम फिर्ता गर्न कबुलियतीनामा समेत प्राप्त भएको छ । 

नाम सूचीबाट हटाउन सिफारिस हुनेमा दोहोरो नाम परेका लाभग्राहीहरू, वडामा सम्पर्कमा नआएका, घर पुनर्निर्माण नगर्ने सोचमा रहेका, भूमिहीन भएका र सार्वजनिक जग्गामा पहिलेदेखि नै बस्दै आएका रहेको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सूचीबाट हटाउन सिफारिस गरिएकामा खैरहनी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका भूकम्प प्रभावितहरू छन् । यस्तै भूकम्पपछि प्राविधिकहरू नखटिँदै निर्माण सम्पन्न भएका ३१ घरको विषयमा भने कार्यालयले केन्द्रमा विवरण पठाएको कार्कीले जानकारी दिए ।

जिल्लामा पाँच सय ९६ भूकम्प प्रभावित थपिएका छन् । कार्कीका अनुसार थपिनेमा ३ सय ७ पुनर्निर्माणतर्फ र २ सय ८९ आंशिक क्षतितर्फका छन् । कार्यालयले गत जेठ मसान्तसम्म लिएको गुनासोका आधारमा उनीहरूलाई लाभग्राहीको सूचीमा थपिएको हो ।  कार्यालयका इन्जिनियर सुजन नेपालका अनुसार सो समयसम्म ९ हजार ५ सय ६९ जनाको गुनासो केन्द्रमा पठाइएको थियो । त्यहीमध्येबाट प्राधिकरणले लाभग्राही थप गरेको हो । उनका अनुसार थप भएका लाभग्राहीकोमा प्राविधिक जाने काम सुरु भएको छ । 

यस्तै कार्यालयले पुनर्निर्माणको ६९ प्रतिशत काम पूरा भएको जनाएको छ । ७ हजार ४ सय ६० लाभग्राहीमध्ये ४ हजार ७ सय २२ जनाले तेस्रो किस्ता बापतको रकम निकासा गरिसकेका छन् । यस्तै दोस्रो किस्ता बापतको रकम ५ हजार ६ सय ८ जनाले लिइसकेका छन् । पहिलो किस्ता सम्झौता गर्नेको संख्या ६ हजार ७ सय ८४ छ । लाभग्राहीको संख्या थप भई हाल ७ हजार ७ सय ६७ पुगेको छ । उनीहरूले पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्ता बापत १ लाख ५० हजार र तेस्रो किस्ता बापत १ लाख रुपैयाँ पाउनेछन् । यस्तै आंशिक १ हजार ४६ मध्ये ६ सय ५४ जनाको रकम निकासा भइसकेको छ । आंशिकतर्फ लाभग्राही १ हजार ३ सय ३५ पुगेको नेपालले जानकारी दिए ।

आंशिक रूपमा क्षति भएकाहरूको हकमा प्रवलीकरणको काम गर्न कठिन भएको इन्जिनियर सुवास न्यौपानेले जानकारी दिए । उनका अनुसार प्रवलीकरणमा परेका घरका धनीहरू नै नयाँ निर्माणका लागि तयार हुने तर प्रवलीकरणका लागि तयार नहुने गरेका कारण समस्या आएको हो । प्रवलीकरणका लागि रकम निकासा भए पनि काम भने जम्मा ३ वटा घरमा मात्रै भएको उनले बताए । अन्यको लगत प्रथम किस्ता बापतको रकम फिर्ता गर्न कठिन भएको कार्यालयले जनाएको छ । जिल्लामा २०७२ मा आएको भूकम्पले ८ बस्ती असुरक्षित रहेको पाइएको छ ।

जसमा १ सय १ घरधुरी असुरक्षित छन् । उनीहरूमध्ये ६२ घरधुरीलाई सुरक्षित बस्तीका लागि जग्गा उपलब्ध गराइएको छ । ३८ घर अझै जोखिम स्थानमै बसोबास गर्दै आएको कार्यालयको तथ्यांकले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro