देश

जनकपुर । प्रहरी निरीक्षकसमेत तीन जनाको ज्यान जानेगरी एक हप्ता अघि भएको बम विष्फोटले जनकपुर त्रसित छ । सोमबार एकाबिहानै जिल्ला प्रहरी र संघीय प्रहरी इकाई कार्यालयबीच सडकमै बम राखिएको हल्ला फैलियो ।
बिहान करिब पाँच बजेदेखि नै प्रहरीले सडकमा घेरा हालेर आवागमन अवरुद्ध गरेको थियो ।
नौ बजे नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुग्यो । करिब एक घण्टा लगाएर सेनाले उक्त वस्तु बम नरहेको पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक उमाशंकर साहका अनुसार बम भनिएको उक्त वस्तु कपडा पसलमा प्रयोग गरिने "डमी" को टाउको थियो । बिहानैदेखि सडक अवरुद्ध गर्ने वस्तु बम नरहेको पुष्टि भएपछि सावा दस बजेदेखि सडक सुचारु भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ७, २०७६ १०:३४
प्रतिक्रिया दिनुहोस्