site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरतपुर कारागारमा ११ वर्षमा ४० कैदीबन्दीको मृत्यु, २३ जना क्यान्सरबाट

चितवन । चितवनको भरतपुर कारागारमा २०६५ सालबाट हालसम्म ४० कैदीबन्दीको मृत्यु भएको छ । ती मध्ये २३ जनाको क्यान्सरका कारण मृत्यु भएको छ । बाँकी अन्य १७ जना विभिन्‍न रोगको कारण मृत्यु भएको छ ।  चितवन र यस वरपरबाट आएर कैद भुक्तान गर्न आएका कैदीबन्दीको मृत्यु भएको हो । 

कारागारले दिएको जानकारी अनुसार दोस्रो बढी मृत्यु हुनेमा ह्दयघात र उच्चरक्तचापका कैदीबन्दी रहेका छन । ११ वर्षको अवधिमा ५ जनाको उच्चरक्तचाप र ह्दयघातबाट मृत्यु भएको छ । यस्तै कारागारमा कालगतिले मर्ने चारजना रहेका छन । यस्तै झुण्डिएर एक जना र एचाईभी एड्सका कारण एकजनाको मृत्यु भएको छ । 

कारागारका जेलर कमलप्रसाद काफ्लेका अनुसार कैद भुक्तान गर्न आएका बिरामी कैदीबन्दीको उपचारको क्रममा मृत्यु हुने गरेको हो । "अधिकांश कैदीबन्दी लागुऔषध दुर्व्यसनी, क्यान्सर एवं अन्य रोगका बिरामी हुन्छन," उनले भने, "कोही अप्रत्यासित रुपमा पनि मृत्यु हुने गरेको छ ।"

देशकै केन्द्रभागमा रहेको कारागार रहेको र अन्य जिल्लाभन्दा बढी उपचारको पहुँच भरतपुरमा हुने गरेकोले अन्य जिल्लाबाट कैदीबन्दी बिरामी यहाँ सार्ने गरिएको उनले जानकारी दिए ।
 
कैदीबन्दी  ७५४, बिरामी १८८ जना 

भरतपुर कारागारमा रहेका ७५४ कैदीबन्दीमध्ये १८८ जना विभिन्‍न रोगले प्रभावित रहेको कारागार प्रशासनले जानकारी दिएको छ । सबै बिरामीहरु नियमित औषधी सेवन गर्ने कैदीबन्दी रहेका छन । तीमध्ये सबैभन्दा बढी उच्चरक्तचापका बिरामी रहेका छन् । कारागारमा उच्चरक्तचापका ७० जना पुरुष रहेका छन भने महिला ७ जना रहेका छन । यस्तै मधुमेह रोगका कैदीबन्दी ५५ जना पुरुष  र १० जना महिला रहेका छन् ।

कार्यालयका अनुसार कारागारमा २५ जना थाइरोइडका पुरुष  बिरामी छन् भने, दुईजना महिला रहेका छन । यस्तै मुटुरोगी आठ जना पुरुष, एचाआईभीका चार पुरुष एक महिला, मनोरागी दुईजना छन् । यसैगरी क्षयरोगका एक जना पुरुष एक महिला, क्षारे रोगका दुई पुरुष रहेको कार्यालयले जनाएको छ । जेलर काफ्लेका अनुसार यहाँ रहेका बिरामी कैदीबन्दीहरुको नियमित चेकजाँच, औषधि वितरण गरिँदै आएको जानकारी दिए । 

क्षमताभन्दी बढी कैदीबन्दी

देशभर रहेका कारागारमा क्षमताभन्दा कैदीबन्दी रहेसँगै भरतपुर कारागारमा पनि क्षमताभन्दा झण्डै तेब्बर कैदी रहेका छन । कार्यालयले दिएको जानकारी अनुसार २८० जना कैदीबन्दी बस्‍ने क्षमता रहे पनि यहाँ हाल ७५४ जना कैदीबन्दी रहेका छन् । 

जसमध्ये कारागारमा ६ सय ९३ जना पुरुष, ५७ जना महिला, र चार जना नाबालिग रहेका छन् । यहाँ महिला कैदीबन्दीको लागि चारवटा कोठा रहेका छन भने पुरुषकैदी बन्दीको लागि चार वटा ब्लकमा व्यवस्थापन गरिएको छ । २०२५ सालबाट सञ्चालनमा ल्याइएको यो कारागार करीब डेढविघा क्षेत्रफलमा फैलिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro