site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 बौद्ध धर्म प्रचार गर्न लामा गुरुहरुको राष्ट्रिय भेला हुँदै

चितवन । बौद्ध धर्मावलम्बी गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको तेस्रो राष्ट्रिय भेला तथा दोस्रो अधिवेशन चितवनको शारदानगरमा हुने भएको छ । 

शारदानगरको टसीलिङ बौद्ध गुम्बा परिसरमा हुने भेलामा तीन सय लामा गुरुहरु र एक हजारभन्दा बढी भक्तजन सहभागी हुने बताइएको छ । आयोजक संस्था गुरुङ (तमु) लामा समाजले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । 

राष्ट्रिय भेलामा बौद्ध धर्मको प्रचारप्रसार तथा जागरण गर्ने उद्देश्यसहित बुद्ध दर्शनका आधारमा पुजा विधि र कर्मकाण्डमा एकरुपता ल्याउने बताइएको छ ।

समाजका केन्द्रीय अध्यक्ष खेन्पो शिर लामा गुरुङले राष्ट्रिय भेलाले बुद्ध दर्शनलाई देशव्यापी बनाउँदै धर्मको जगेर्ना र  जागरण ल्याउने भेलाको उद्देश्य  रहेको बताए । 

विभिन्न भौगोलिक अवस्था, बसाईसराइका कारण छरिएका बौद्धमार्गीहरुलाई एकत्रित गर्दै धर्मको मुल मर्मलाई पछ्याउन भेला केन्द्रीत रहने उनको भनाई छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro