
तस्बिर : बिस्फोटमा ज्यान गुमाएका प्रहरी निरीक्षक अमृत दाहाल
धनुषा । धनुषाको धनुषाको थिरेश्वरनाथ नगरपालिका -५ स्थित औषधि व्यवसायी राजेश साहको घरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
शुक्रबार मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, औषधी व्यवसायी राजेश साह र उनका छोरा रहेका छन् ।
विस्फोटमा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान ६:५० मा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पुष्टि गरेका छन् । राजेश साहले आफ्नो घरमा बम राखेको थाहा पाएपछि प्रहरी निरीक्षक दाहाललाई बोलाएका थिए ।
विस्फोटमा परि राजेश साहका एक छोरा र एक छोरी घाइते भएका छन् ।
बम कसले र किन राख्यो भन्ने विषय पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।