site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रवेशपत्र जलाएर विद्यार्थीले गरे परीक्षा बहिस्कार

चितवन । मेडिकल कलेजले लिएको अतिरित्त शुल्क समायोजन गर्ने बताए पनि तेस्रो र चौथो वर्षका विद्यार्थीहरुको शुल्क फिर्ता नदिएको विरोधमा विद्यार्थीले प्रवेशपत्र जलाएर परीक्षा बहिस्कार गरेका छन । 

चिकित्सा शिक्षा शास्त्र अध्ययनरत विद्यार्थीले बुधबारबाट सुरू भएको बोर्ड परीक्षा चितवन मेडिकल कलेजका विद्यार्थीले बहिस्कार गरेका हुन् । चितवन मेडिकल कलेजसहित  वीरगञ्जको नेशनल मेडिकल कलेज, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र जनकपुरस्थित जानकी मेडिकल कलेजका विद्यार्थीले बोर्ड परीक्षा बहिस्कार गरेको बताइएको छ  ।

शुल्क फिर्ताको माग गर्दै लामो समयदेखि आन्दोलनरत एमबीबीएस, बिडिएस, बीएससी नर्सिङ, बीएनएस, बी फार्मेसी, बीपीएच, बीएफएलटी र बीएमआइटीका देशैभरका विद्यार्थीले बोर्ड परीक्षा बहिस्कार गरेको चिकित्सा शिक्षा संर्घष समितिकी सदस्य मान्यता थापाले जानकारी दिइन् । 

यो सँगै बुधबारबाट हुने भनिएको एमबीबीएसबाहेक अन्य सातवटा संकायको पहिलो वर्षको परीक्षामा विद्यार्थी सहभागी भएनन् । फिर्ता गर्नुपर्ने माग गर्दै देशैभरका मेडिकल शिक्षा अध्ययनरत विद्यार्थी विगत तीन महिनाभन्दा लामो समयदेखि आन्दोलनरत छन् । 

सरकार र मेडिकल कलेजबीच भएको सहमति विद्यार्थीको पक्षमा नभई मेडिकल माफियाहरुको पक्षमा भएको भन्दै उनी हरुले आन्दोलनलाई झनै चर्काउने लाने निर्णयसमेत गरेको थापाले बताइन् । 

सरकार र मेडिकल कलेज संचालकहरुबीच केही समयअघि भएको वार्तामा बढी लिइएको रकम आगामी वर्षको शिक्षण शुल्कमा समायोजन गर्ने भनिए पनि विद्यार्थीहरुको असहमति रहेको जनाउँदै आएका थिए  ।

मेडिकल कलेजहरुले ०७२ देखि नै विद्यार्थीहरुबाट अतिरिक्त शुल्क उठाउदै आएकोले चार वर्षको नै शुल्क फिर्ता वा समायोजन हुनु पर्ने उनीहरुको माग  छ । 

विद्यार्थीहरुले आफ्नो माग पूरा गर्न मेडिकल कलेजलाई मंगलबारसम्मको समय सीमा दिएको थियो । तर हिजोसम्म पनि मेडिकल कलेज संचालकहरुले माग पुरा नगरेपछी उनीहरुले आज परीक्षा बहिस्कार गर्दै पुनःआन्दोलनमा होमिएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro