site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एउटै आँगनमा ४५ जोडीको लगनगाँठो

तस्बिर : सामूहिक विवाहका लागि तयार बेहुलाहरुलाई नगरपरिक्रमा गराइँदै ।


जनकपुर । हिन्दु संस्कृति अनुसार समान्यतया एउटा आँगनमा एक जोडीको विवाह हुन्छ । मधेशतिर दुई दाजु-भाईको एकैपटक एउटै आँगनमा बिहे भएको कहिलेकाहीँ सुनिन्छ । तर, एउटै आँगनमा ४५ जोडीको विवाह एकै पटक आयोजना भइरहेको सम्भवतः पहिलो पटक सुनियो ।

त्रेताकालिन् राम-सीताको वैवाहिक दृश्यलाई जनकपुरमा हरेक वर्ष उत्सवको रुपमा मनाइन्छ । यस वर्ष गत आइतबार राति राम-सीता वैवाहिक उत्सव सम्पन्न भएको छ । सोही अवसरमा सोमबार साँझ जनकपुरस्थित मणिमण्डपमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट आएका ४५ जोडीले साँच्चैको विवाह गर्दैछन् ।

जनकपुरधाम -१३ स्थित मणिमण्डप परिसरमा एउटै पण्डालमुनि ४५ वटा मण्डप निर्माणगरी सजाइएको छ । बाहिर ठूलो भोज चलिरहेको छ । एकातिर विवाहको तयारी गरिँदैछ । 

अर्कोतिर, बेहुलाहरुलाई नगरपरिक्रमा गराइँदैछ । विवाहपछि छोरी-ज्वाइँलाई कोसेलीको रुपमा सुनको मंगलसुत्र, भान्छाकोठामा आवश्यक सम्पूर्ण भाडावर्तनलगायत सामग्री, ओढ्न-ओछ्याउनदेखि वर-वधुलाई पाँच-पाँच सेट लुगाकपडासमेत उपहार दिन तयार गरिएको छ । 

विश्व हिन्दु परिषद् नेपालले आयोजना गरेको उक्त सामूहिक विवाह कार्यक्रममा सिन्धुली, सिरहा, सप्तरीदेखि पर्सासम्म र भारत, बिहारका पनि केही बेहुला र बेहुली सहभागी छन् । 
अभिभावक र आफन्तसमेत आएका बेहुली र जन्तीसमेत आउने बेहुलाकालागि रामजानकी विवाह मणिमण्डप विकास समितिले निःशुल्क भोजको आयोजना गरेका छन् । उनीहरुलाई सोमबार दिउँसो र साँझगरी दुई छाक भोजको व्यवस्था गरिएको समितिका अध्यक्ष नारायण राउतले जनाए ।

अपराह्न दुई बजे मणिमण्डपबाट सबै बेहुलालाई रथमा सवार गरी जनकपुर नगर परिक्रमा गराइँदैछ । बेहुलालाई नगरपरिक्रमा गराउन डेढ दर्जन रथ प्रयोग गरिएको छ । एउटै रथमा तीदेखि पाँच जनासम्म बेहुलालाई राखेर नगर परिक्रमा गराइँदैछ भने बाजागाजासाथ जन्तीहरु नाच्दै सहभागी भइरहेको देखिन्छ । 

साँझ पाँच बजे उनीहरु परिक्रमाबाट फर्केपछि बेहुला र बेहुली आ-आफ्नो अभिभावकसँग तयार भएर मण्डप परिसरमा पुग्नेछन् । त्यहाँ निर्माण गरिएको ठूलो मञ्चमा सातबजे एकै पटक सबै जोडीबीच स्वयंवर हुनेछ । लगत्तै सबै जोडीबीच छुट्टाछुट्टै मण्डपमा विवाह भएर अबेर साँझसम्म विदाइ गर्ने कार्यक्रम तालिका रहेको नेपाल हिन्दु परिषद्का प्रतिनिधि मनोहर साहले बताए ।

विवाहका लागि नाम दर्ता गराउने सबै केटी पक्षलाई परिषद्ले करिब एक लाख रुपैयाँ बराबरको कोसेली उपलब्ध गराइरहेको साहले बताए । उनका अनुसार उक्त कोसेलीमा दुई अना सुनको मंगलसुत्र, बेहुला र बेहुलीका लागि पाँच सेटको दरले नयाँ लुगा, एउटा परिवारका लागि भान्छामा प्रयोग हुने सबै प्रकारका भाडावर्तनको सेट, ओढ्न र ओछ्याउने सेटका साथै नयाँ जुत्ता, छाता, ब्याग लगायत विवाहका लागि आवश्यक न्युनतम् सबै सामग्री छन् ।       

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro