site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दुई वर्षको अतिरित्त शुल्क फिर्ताको लागि आयोगको निर्णय कुर्नुपर्छ’

चितवन । चितवन मेडिकल कलेजले प्रथम र दोस्रो वर्षका विद्यार्थीलाई शुल्क समायोजन गरे पनि पुरा शुल्क तिरिसकेका तेस्रो र चौथो वर्षका विद्यार्थीको शुल्क भने फिर्ता दिन नसक्ने बताएको  छ । 

बिहीबार कलेजले पत्रकार सम्मेलन गरी तिरिसकेको शुल्कको अडिट भइसकेकोले चिकित्सा शिक्षा आयोगको निर्णय कुर्नुपर्ने  बताएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक हरिश न्यौपानेले भने, "हामीले शुल्क समायोजन गर्छौ भनेर नोटिस जारी गरिसकेका छौ, तर तेस्रो र चौथो वर्षका विद्यार्थीको हकमा अहिले केही गर्न सक्दैनौ ।" 

उनका अनुसार हाल दुई बुँदे सहमति अनुसार काम गरिने भएकोले सोही अनुसार मात्र काम गर्न सकिने बताए । "पछि आयोगले थप अनुसन्धान गर्ला, जे निर्णय गर्छ त्यही निर्णय मानौंला" उनले भने । 

विद्यार्थीले यो सहमति अस्वीकार गरे पनि आयोग र मन्त्रालयको निर्देशन मात्र आफूलाई मान्य हुने उनले बताए । मन्त्रालय, आयोग र विश्वविद्यालयको अधिकारको लडाईका कारण मेडिकल कलेजहरु मिचिएको भन्दै विद्यार्थीलाई पठनपाठन सुरू गर्न कलेजले आग्रह गरेको छ । 

"मेडिकल क्षेत्रमा यस्ता केही तरंग आउने गर्दछन ।  तर यही विषयलाई सधैं 'इस्यु' बनाउँदा कसैलाई फाइदा गर्दैन", न्यौपानेले भने । 

विद्यार्थीलाई पटक-पटक वार्ता गरी समाधान गर्न कोशिस गरेपनि कोही विद्यार्थी वार्तामा नआएको उनको भनाई छ । यता विद्यार्थी भने अतिरिक्त शुल्क समायोजन र फिर्ता दुवै गरिनुपर्ने अडान दोहोरयाउँदै आएका छन । 

सोमबार राति भएको सहमति दुईपक्षीय र पूर्वाग्रही भएको र न्यायोचित नभएको भन्दै उनीहरुले कुनै हालतमा आफूलाई मान्य नहुने बताएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro