site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरमा रामजानकी विवाहोत्सवको रमझम

जनकपुर । ‘ऐलै शुभके लगनमा शुभे हो शुभे.....’ अर्थात् लगनगाँठो गर्ने बेला आयो, सबैतिर शुभ होस् । जनकपुरमा यतिबेला यी र यस्तै विवाहसँग सम्बन्धित लोकगीतहरु गुञ्जायमान छ । लाग्छ, पूरै जनकपुर एउटा परिवार हो र परिवारमा छोरीको विवाह छ । 

रामायणमा वर्णन भए अनुसार त्रेतायुगमा राम र सीताको विवाह जनकपुरमा भएको थियो । सोही वैवाहिक समारोहलाई प्रतिकको रुपमा हरेक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिको दिन जनकपुरमा राम जानकी विवाह महोत्सव आयोजना गरिन्छ । यस वर्ष अगामी आइतबार यो तिथि परेको छ । 

मैथिली परम्परागत संस्कृति अनुसार छोरीको विवाहमा जस्तै जानकी (सीता) को विवाहका लागि हरेक तयारी गरिन्छ । यसका लागि साताव्यापी कार्यक्रम घोषणा गरेर जानकी मन्दिर व्यवस्थापन पक्ष अहोरात्र होमिएको छ ।

गत मंगलबार पहिलो दिन नगर दर्शन र बुधबार फूलबारी लिला सम्पन्न भएको थियो । तेस्रो दिन बिहीबार धनुष यज्ञ हुँदैछ । चौथो दिन शुक्रबार तिलकोत्सव, शनिबार मटकोर र छैठौं दिन आइतबार वैवाहिक कार्यक्रम रहेको छ । सातौं दिन सोमबार रामकलेवा गरी विधिवत रुपमा रामजानकी विवाहोत्सव सम्पन्न हुने आयोजक जानकी मन्दिरका महन्त रामतपेश्वर दासले बताए । 

रामजानकी विवाहोत्सवमा समान्यतया जनकपुरको जानकी मन्दिर पक्षले सीता र राम मन्दिर पक्षले राम तर्फको भूमिका निर्वाह गरिरहेको हुन्छ । जस्तो तिलकोत्सवमा जानकी मन्दिरबाट मिठाइ, फलफुल लगायत कोसेली लिएर जानकी मन्दिरका महन्त रामतपेश्वर दासको अगुवाइमा राम मन्दिर पुग्छन् । 

त्यहाँ उनीहरुलाई राम मन्दिरका महन्त राम गिरीले स्वागत गर्छन् । तिलकोत्सव समारोहमा रामका बाबु दशरथको भूमिकामा राम मन्दिरका महन्त राम गिरी र सीताका पिता जनकको भूमिकामा जानकी मन्दिरका महन्त रामतपेश्वर दासले आपसमा सम्धी मिलन गर्ने परम्परा बनेको छ । 

विवाहमा राम मन्दिर पक्षले जनती सजाएर जानकी मन्दिर पुग्छन् र दुवै मन्दिरबाट राम तथा सीताको डोला सहित नगर परिक्रमा गरी रंगभूमि मैदान बाह्रबिघामा स्वयंवर गर्ने चलन छ । त्यहाँपछि दुवै डोला जानकी मन्दिर परिसरमा पुग्छन् । जानकी मन्दिर परिसरमै निर्माण गरिएको मण्डपमा वैवाहिक कार्यक्रम आयोजना गरिन्छ । रामकलेवाको दिन वरवधुसमेत जनतीहरुलाई नयाँ लुगा उपहार दिएर विदाइ गर्ने चलन छ । 

सन् २००४ सालमा भारतस्थित आयोध्याबाट साधुसन्तहरु जनतीको रुपमा आएका थिए । त्यस वर्ष निकै भव्य भएको थियो विवाह महोत्सव । सोही वर्षदेखि हरेक पाँच वर्षको फरकमा अयोध्याबाट विशिष्ट ओहोदाका साधुसन्त जनतीको रुपमा जनकपुर आउने चलनको शुभारम्भ भयो । त्यसयता सन् २००९ र २०१४ हुँदै यस वर्ष २०१९ मा फेरी अयोध्याबाट जनती आएका हुन् । भारतस्थित हिन्दु परिषद्का पदाधिकारीहरुले नेतृत्व गरेको जनती बिहीबारै जनकपुर आइपुगेको छ । 

शुक्रबार तिलकोत्सव समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुर आउने कार्यक्रम छ । उनले जनतीलाई स्वागत गर्नुको साथै जानकी मन्दिरमा विशेष पूजापाठ गर्ने मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । गत वर्षको विवाह पञ्चमी महोत्सवमा राष्ट्रपति भण्डारी र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि जनकपुर आएका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro