site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसले इन्जिनियरिङ्ग होइन अभिनय रुचाए
SkywellSkywell

बलिउडमा थुपै अभिनेत्रीहरु छन् जसले आफ्नो पढाईभन्दा अलग्गै रहेर कर्मथलो रोजेका छन् । यो चलन नेपाली अभिनेत्रीहरुमा पनि लागु छ । नेपालका पनि केही अभिनेत्रीहरु चलचित्रमा आउनु अघि विलकुल फरक विषय लिएर कलेजको पढाई पूरा गरेपछि अभिनयलाई रोजे । अभिनेत्री स्वस्तिमा खड्का र सुरक्षा पन्त चलचित्रमा गर्ने भूमिका र जीवन्त अभिनयका कारण वाहीवाही बटुलिरहेका छन् । तर उनीहरुले पढाइका लागि रोजेको विषय भने चफरक थियो । 

सुरक्षा पन्त
सशक्त अभिनय र जिवन्त भूमिका गर्न प्रखर अभिनेत्री सुरक्षा ‘अझै पनि’बाट नेपाली सिनेवृतमा पाइला टेकेकी हुन् । सुरक्षा अभिनयमा जति प्रखर छिन्, पढाइमा पनि त्यतिनै प्रखर छिन् । इन्जिनियरीङ पढेर अभिनयमा आएकी हुन् उनी । उनले २०७१ सालमा नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पूरा गरिन् । 

उनी अहिले काठमाडौं इन्जिनियरिङ कलेजमा स्नातकोतर अन्तिम सेमेस्टर पढ्दै छिन् । उनी अध्ययन र अभिनयलाई समानरुपमा अघि बढाइरहेकी छिन् । उनको पछिल्लो अभिनय रहेको चलचित्र ‘आमा’ हो । फागुन ९ गते प्रदर्शन हुने चलचित्रमा उनले कपाल मुण्डन गराएकी छिन् ।

KFC Island Ad
NIC Asia

इन्जिनियरिङ पृष्ठभूमि भएपनि उनले स्नातक पढ्दैगर्दा टेलिभिजन प्रस्तोताको रुपमा काम थालिन् ।

इन्जिनियरीङमा स्नातक गर्दैगर्दा स्व. निर्देशक आलोक नेम्वाङले उनलाई चलचित्रका लागि प्रस्ताव गथरे । उनले स्वीकारिन् । 

Royal Enfield Island Ad

“पहिलो चलचित्रपछि ममा अभिनय गर्ने इच्छा शक्ति छ भन्ने महसुस भयाे, त्यसपछि मैले चलचित्र क्षेत्र र इन्जिनियरिङ क्षेत्र दुबैलाई सँगसँगै अगाडि बढाएँ,” सुरक्षाले भनिन् । 

स्नातक सकेर करिब डेढ वर्ष उनले आफ्नै पढाइको क्षेत्रमा काम पनि नगरेको होइन । तर उनलाई त्यो क्षेत्रभन्दा पनि चलचित्रले नै तान्यो । त्यसैकारण सिभिल इन्जिनियरिङलाई माया नमारे पनि उनको पहिलो प्राथमिकता चलचित्र नै हो । उनी आधिकारिक रुपमा कुनै इन्जिनियरिङ्ग कम्पनीसँग नजोडिए पनि स्वतन्त्र रुपमा यसलाई पनि निरन्तरता दिइरहेकी छिन् ।

“चलचित्रमा अचानक आएपुगेँ । तर कर्मक्षेत्र नै यही पो रहेछ,” उनी भन्छिन्, “यदि म सँग क्षमता थिएन र मलाई इच्छा नै थिएन भने म यही क्षेत्रलाई कर्मथलो बनाएर अघि बढ्दिन थिएँ होला ।”

उनलाई अफर थुप्रै आउँछन् । तर कथा र भूमिका हेरेर मात्रै उनी चलचित्र छान्छिन् । 

स्वस्तिमा खड्का
बुलबुल फेम्ड अभिनेत्री स्वस्तिमा पनि अभिनय भन्दा विलकुल फरक क्षेत्रबाट आएकी हुन् । उनले चलचित्र र पढाईमध्ये चलचित्रलाई नै पहिलो प्राथमिकतामा राखिन् । एसएलसीपछि आर्किटेक्चरमा डिप्लोमा गरेकी उनले त्यसपछि भने पढाईलाई पूर्णविराम लगाएर आफ्नो अभिनय यात्रालाई नै अगाडी बढाइन् ।

उनले २०७१ सालमा थापाथली इन्जिनियरिङ कलेजबाट आर्किटेक्चरमा तीन वर्षे डिप्लोमा कोर्स गरेकी हुन् भने वीरेन्द्र सैनिक आवासीय महाविद्यालयबाट एसएलसीसम्मको अध्ययन पूरा गरेकी थिइन् ।

स्कुल हुँदा औषत् विद्यार्थीमा पर्ने उनलाई गणित विषय भने निकै गाहे लाग्ने उनले बताइन् । पढाई छोडेर अभिनयमा मात्रै लागेको यति लामो समय भैसक्दा पनि उनलाई गणित विषयले भने अहिलेसम्म पछ्याउने गरेको रोचक प्रसँग सुनाइन्, “गणितमा त म पहिले पनि अहिले पनि एकदमै कमजोर छु, अहिले पनि गणितको परिक्षामा केही पनि लेख्न नजानेको सपनाले मलाई सताइरहेको हुन्छ ।”

आर्किटेक्चर विषय बाबाको रोजाई भए पनि चलचित्र भने स्वस्तिमा स्वयम्को रोजाई थियो । तर, अभिनयमा आउँछु र आज यो चिनारी पाँउछु भन्ने उनमा विश्वास भने थिएन । अहिले उनी अभिनयमा पाएको सफलताले उनी बरु अभिनय नै पढेको भए अहिले धेरै सहयोग मिल्थ्यो कि जस्तो मान्छिन् । 

“मलाई चलचित्रमा आउनु त मन थियो तर आउँछु नै भन्ने विश्वास भने थिएन् । यो क्षेत्रमा कोही चिनेको पनि थिएन । यो विलकुलै अलग दुनियाँ थियो मेरो लागि,” उनले भनिन् ।

तर उनको इच्छा पूरा गर्ने बाटो बन्यो ‘मिस टिन–२०१३’ । त्यसपछि मोडलिङतर्फ अघि बढेकी उनले होस्टल रिटन्र्सबाट चलचित्र क्षेत्रमा डेब्यू गरिन् ।

अहिले उनी चलचित्रमा मात्रै व्यस्त छिन् । तर उनले पढेको विषयले पनि उनलाई व्यावहारिक जीवनमा धेरै मद्दत पुगेको उनले अनुभव गरिहेकी छन् । चाहे त्यो आफनो नयाँ घरको लागि होस् या साथी तथा आफन्तको नयाँ घर बनाइरहँदा होस् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro