site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तराई–पहाड जोड्न साइकल यात्रा

काठमाडौंबाट जनकपुर आइपुगेका साइकलयात्रीहरु राममन्दिरमा आयोजित साँस्कृतिक सँध्या समारोहमा सहभागी हुँदै । तस्बिरः सुरेश यादव/बाह्रखरी


जनकपुर । जनकपुरमै जन्मे हुर्केकी दिपिका ज्ञवालीले विद्यालयस्तरसम्मको शिक्षा पनि यहाँबाटै प्राप्त गरिन् । उच्च शिक्षाको आवश्यक्तासँगै परिवारको बसाइसराइ काठमाडौंतिर भयो । करिब डेढ दशकपछि आइतबार जनकपुर आउँदा त्यो जनकपुर र यो जनकपुर साँच्चै फरक पाएको उनले अनुभव सुनाइन् । राजनीतिक परिवर्तनसँगै प्रादेशिक राजधानीको हैसियत प्राप्तिले त्यो जनकपुर यो जनकपुरको रुपमा परिवर्तन भएको उनको बुझाइ छ । 

“म यहाँ बस्दासम्म जनकपुरमा कुनै किसिमको जातीय र भूगोलको हिसाबले विभेद थिएन, मनमुटाव थिएन,” आइतबार साँझ जनकपुरको राम मन्दिर परिसरमा भेटेपछि बाह्रखरीसँग दिपिकाले भनिन्, “बीचमा मधेस आन्दोलन र त्यसकै सेरोफेरोको वातावरणले मधेशी र पहाडीया भन्ने शब्दले दुई समुदायबीच दुरी बढाएकै हो । तर, आज त्यो दुरी कम हुँदै गएको मैले जनकपुरमा आएर पाएकी छु ।”

मधेस आन्दोलनताका आफुले काठमाडौंमा जनकपुरको वारेमा सुन्दा मन दुख्ने गरे पनि अहिले त्यही जनकपुरमा पुरानै सद्भाव कायम भएको उनले आफ्नो अनुभूति व्यक्त गरिन् ।

गत शुक्रबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिरबाट निस्केको २११ जना साइकल यात्रीको टोलीको कमान्ड सम्हाल्दै दिपिका आइतबार जनकपुर आइपुगेकी हुन् । टोलीमा ८ वर्ष, १० वर्ष र १३ वर्षका एक–एक बालकसमेत १८ जना महिला र १७१ जना पुरुष साइकलयात्री सहभागी छन् । साइकल यात्रीहरुलाई सहयोग गर्न परिचालित प्राविधिकहरुसमेत २११ जनाको टोली जनकपुरमा आएको राइड–कोर्डिनेटर (यात्रा संयोजक) ज्ञवालीले बताइन् ।

काठमाडौंको पशुपतिनाथ, सिन्धुलीको गढीदरबार र जनकपुरको जानकी मन्दिर नेपालका गौरवपूर्ण ऐतिहासिक सम्पदाहरु रहेको उल्लेख गर्दै टोलीका प्राविधिक सहयोगी सौरभ ढकालले भने, “संघीय राजधानी, पहाडी जिल्ला र मधेश आपसमा मिलेपछि कस्तो सम्पन्न परिचय दिनसक्छ ? यो साइकल यात्राले त्यही सन्देश दिन खोजेको हो ।” तराई र पहाडका जनतालाई जोड्नुका साथै नेपाल भ्रमण वर्षको अवसरमा पशुपतिनाथ, सिन्धुली गढीदरबार र जानकी मन्दिरको ब्राण्डिङमा पनि साइकल यात्राले सहयोग पुग्ने उनको विश्वास हो ।

साइकल यात्रीहरुलाई नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले जानकी मन्दिर परिसरमा स्वागत गरेका थिए । उनीहरुको स्वागतमा सानो पाइला र ओरेक नेपालले झिझिया साँझ नामक साँस्कृतिक कार्यक्रम आयोजना गरेका थिए । ‘झिझिया’ मधेशी समुदायमा दशैंको अवसरमा गरिने लोकनृत्य हो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro