site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेलिकोप्टर चार्टर गरेर बाल विवाह ! प्रहरीले नै दियो सुरक्षा ?

जनकपुर । शनिबार दिउँसो पौने १२ बजे धनुषाको कमला नगरपालिका –४, बल्हासघारास्थित भर्खरै धान काटिएको खेतमा रातो हेलिकोप्टर अवतरण भयो । पहिल्यैदेखि चर्चाको विषय भएर हुनसक्छ, हेलिकोप्टर हेर्न चारैतिरबाट करिब हजारबढीको संख्यामा सर्वसाधारण भेला भएका थिए । 

उक्त हेलिकोप्टरबाट विवाहका लागि सजिएका एक किशोर बाहिरिए । उनीसँगै अन्य तीनजना पनि थिए जो जन्तीको रुपमा आएका रहेछन् । हेलिकोप्टर अवतरण हुनु अगावै करिब दुईदर्जन जीप (साना सवारीसाधन) मा जन्तीहरु आइपुगेका थिए । त्यहाँ भएको भीडमा दुईवटा चासो थियो, ‘जिल्लामै पहिलो पटक सुनिएको हेलिकोप्टर चढेर आउने दुलाहा कस्ता रहेछन् ? र, हेलिकोप्टर कसरी अवतरण हुँदो हो ?’

स्थानीय सर्वसधारणको लागि हेलिकोप्टरमा जन्ती आउँदा नयाँ अनुभव होला । एकमात्र छोरीको विवाह गाउँमै फरक शैलीमा गर्न चाहेका बेहुलीका बाबुलाई सन्तुष्टी र गौरव अनुभूति भएको हुनसक्छ । तर, यहाँ कानुन र कानुन कार्यान्वयन गर्ने निकायको भूमिकाबारेमा भने प्रश्न उठेको छ ।

बल्हासघाराका सतार कबारी पेशाले निजी विद्यालय सञ्चालक हुन्, सोही विद्यालयका शिक्षक पनि । उनकी एकमात्र छोरी सवनम भर्खर १६ वर्षकी भइन् । तिनै छोरीको विवाह राष्ट्रिय स्तरमा चर्चाको विषय बनोस् भन्ने बावुको इच्छाका कारण सतारले आफ्नै तर्फबाट हेली चार्टर गरिदिएर हुनेवाला ज्वाइँलाई जन्तीसहित आफ्नो घरसम्म आउने प्रबन्ध गरेका रहेछन् ।

सतारको चाहना पूरा पनि भयो । गाउँमा चर्चा पनि भयो । वैवाहिक भोजमा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले के बुझे र के गरी फर्के  त ?

दिउँसो पौने १२ बजे अवतरण भएको हेली अपराह्न पौने चार बजे सिरहा, सुखीपुर नगरपालिकास्थित लर्कन्हा (बेहुलाको घर) का लागि उडेको थियो । त्यतिन्जेल स्थानीय बल्हा प्रहरी चौकीका इन्चार्ज असइ गणेश दनुवारको कमान्डमा दुईजना र दुब्बरकोट सशस्त्र प्रहरी वेश क्याम्पका वरिष्ठ हवल्दार रंजीत दनुवार कमान्डमा दुईजना रहेको अर्को टोलीले हेलीको सुरक्षा दिएको थियो ।

करिब १८ वर्षका बेहुला र १६ वर्षीया बेहुली दुवै नेपालको कानुनअनुसार विवाहका लागि अयोग्य हो । यस्ता उमेर नपुगेका केटा वा केटीको धेरै विवाह धनुषा प्रहरीले पनि रोकेको दाबी गर्छ । तर, बल्हासघाराको त्यो विवाहमा हेलीकै पछाडि लागेर दुई सुरक्षा निकायका प्रहरी पनि मुकदर्शक बन्न पुग्यो ।
शनिबार बल्हासघारामा विवाह भएको बेहुला सम्साद भर्खरै जनकपुरस्थित मोडेल मल्टिपल कलेजबाट १२ कक्षाको परीक्षा दिएका छन् भने बेहुली गाउँकै विद्यालयमा १० कक्षामा अध्ययनरत छात्रा हुन् । 

“बुर्कामा अनुहार हेर्न पाइएन तर यसो हेर्दा केटी ठूलै जस्तो लागेको थियो । केटाको अनुहारले भने कलिलोपन देखिइरहेको थियो,” स्थानीय चौकीका असइ दनुवारले बाह्रखरीसँग भने, “त्यहाँका वडा अध्यक्ष (कमला –४) पल्टु कबारीजी पनि हुनुहुन्थ्यो । नेताहरु पनि भएपछि मैले उमेरको खासै ध्यान दिइन । हुन त बालविवाह कानुनी हिसाबले अपराध हो रहेछ ।”

गाउँ ठाउँमा हेलिकोप्टर आएपछि हेर्नेको भीड लाग्ने भएर कुनै असुरक्षाको अवस्था नहोस् भन्ने हेतुले निःस्वार्थ भावले सुरक्षा दिए पनि विवाह भएका केटा र केटीको उमेरबारे खासै ध्यान नदिएको असइ दनुवारको भनाइ छ ।
यता, सशस्त्र प्रहरीका वेश इन्चार्ज इन्स्पेक्टर शम्भु कटुवालले विवाहको वारेमा आफुलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिए । “ड्यूटीमा खटेको टोलीले बल्हासघारामा हेली ल्यान्ड भएको सुनाएपछि को आएका रहेछन् भन्ने बुझ्न पठाएका थियौं,” उनले भने, “वैवाहिक कार्यक्रममा बेहुलालाई लिएर आएको खबर प्राप्त भएपछि

हेलीको सुरक्षामा बसिदिनु भनेको हो । विवाहका लागि केटा र केटीको उमेर पुगे नपुगेको हाम्रो सरोकारको कुरै भएन नि !”

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले २० वर्ष मुनि कुनै बहानामा विवाह गर्न र गराउने हक कसैको नरहेको बताउँदै त्यस्तो गर्ने र गराउने दुवैलाई पक्राउ गरी कारबाही गर्नुपर्ने बताए । 

“समाचार लेख्नु अघि मलाई खबर गर्नुपथ्र्यो नि त !,” प्रजिअ कँडेलले बाह्रखरीसँग भने, “हामीलाई थाहै भएन, समयमा जानकारी प्राप्त भएको भए विवाह रोकिन्थ्यो ।”

प्रहरीले सुरक्षा दिएको विषयमा उनले भने, “मलाई थाहा भएन । अहिले नै दुवै प्रहरीका एसपीसँग यसबारेमा कुरा गर्छु ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro