site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आलमलाई थुनामा पठाउन अदालतको आदेश

रौतहट । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री अफताव आलमलाई रौतहट जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले उक्त फैसला सुनाएको हो । 

बाह्र वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विष्फोटनसम्बन्धी मुद्दामा आलमलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो । प्रथम संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घर छेउमै उनका काका शेख इद्रिसको गोठघरमा बम विष्फोट भएको थियो । आलमकै निर्देशनमा बनाउन लागिएको बम विष्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा हालेर मारेको अभियोग छ ।
 
घटनामा मारिएको भनिएका रौतहट सरुअठा निवासी ओसी अख्तरकी आमा रोक्साना खातुन र पिन्टु (त्रिलोकीप्रताप) सिंहका बाबु नारायण सिंह राजपुतले दिएको जाहेरी आधारमा १२ वर्षपछि आलमलाई पक्राउ गरी प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको हो । 

घटनालगत्तै पीडित परिवारले किटानी जाहेरी दिए पनि तत्कालीन सरकारी वकिल र प्रहरीले वास्ता नगरेपछि न्याय खोज्दै सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतको आदेशलाई पनि बेवास्ता गर्दै आएको रौतहट प्रहरीले लामो समयपछि घटनाको अनुसन्धान थालेको र प्रमाण भेटिएपछि पनि आलमलाई पक्राउ गरेको पीडित परिवारको भनाइ छ । 

आलमविरुद्ध जाहेरी दिने ओसी अख्तरकी आमा रोक्साना खातुनलाई जाहेरी दिएको चार वर्षपछि गोली हानी हत्या गरिएको थियो । उक्त मुद्दामा अहिलेसम्म कसैलाई कुनै कारवाही भएको छैन । 

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विष्फोटन पदार्थ सम्बन्धी मुद्दा आलमविरुद्ध दर्ता भएको हो । आलम पक्राउ परेपनि उनलाई सहयोग गर्ने तथा घटना लुकाउने क्रियाकलापमा संलग्न भनिएका ११ जना अभियुक्त अझै फरार छन् । 

अहिलेसम्म पटाका पनि पड्काएको छैन : आलम

शुक्रबार थुनछेक बहस सकिएपछि अदालतले प्रतिवादी आलम र जाहेरवाला सिंहलाई बोल्ने अवसर दिएको थियो । आलमले आफूविरुद्ध लगाइएको अभियोगअनुसार कुनै घटना नै नभएको जिकिर गरेका छन् । 

"म पहिला पनि ठूलो मतान्तरले चुनाव जितेकै थिएँ । अहिले पनि सांसद छु । चुनाव जित्नको लागि बम बनाउने र पड्काउनुपर्ने जरुरी नै छैन" आलमले भने, "बम त के मैले आजसम्म पटाका पनि पड्काएको छैन ।"

नेपाली कांग्रेसका नेतासमेत रहेका आलमले राजनीतिक प्रतिशोध साध्न आफूलाई निराधार रुपमा फँसाउन लागिएको जिकिर गरे । 

घटना भएको छैन भने एक करोडसम्मको प्रलोभन किन ? : सिंह

मृतक पिन्टुका बाबु जाहेरवाला नारायण सिंहले आलमकै निर्देशनमा बनाउन लगाइएको बम विष्फोट हुँदा आफ्नो छोरा घाइते भएको र घटना लुकाउन सबै घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर बेपत्ता पारिएको आरोप दोहोर्‍याए । 

"घटना भएकै छैन भने मुद्दा फिर्ता लिन मलाई दुई लाख देखि एक करोडसम्म र ओसी अख्तरको परिवारलाई पाँच लाख रुपैयाँ र पाँच कट्ठा खेतको प्रलोभन किन दिइयो श्रीमान् ! आफू पहिल्यैदेखि कांग्रेस समर्थक रहेको र आलमसँग कुनै दुस्मनी नरहेको सिंहले दाबी गरेका छन्", उनले भने, ‘अपराधीलाई कारवाही हुनुपर्छ । व्यक्तिगत रुपमा मेरो कसैसँग कुनै दुस्मनी छैन ।"
 
 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro