site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आलम प्रकरणः थुनछेक बहस सकियो, फैसला आजै

रौतहट । राजपुर बमकाण्डका अभियुक्त अफताव आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी अथवा सधारण तारेखमा रिहा गर्ने भन्ने आदेश शुक्रबार आउने भएको छ । 

प्रतिवादीको तर्फबाट जारी रहेको बहस सम्पन्न भएकोले केही घण्टाभित्रै आदेश आउने अधिवक्ता अजय पटेलले जानकारी दिए । मुद्दामा प्रतिवादी रहेका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री आलमको तर्फबाट बहस गर्ने अधिवक्ताहरुको सूची लामो भएकाले आदेश आउन ढिलाइ भएको हो । प्रतिवादीको तर्फबाट शुक्रबारसम्म २८ जना अधिवक्ताले बहस गरेको अदालत स्रोतले जनाएको छ । 

शुक्रबार बिहान साढे १० बजेदेखि सुरू भएको प्रतिवादीतर्फको बहस साढे १२ बजेसम्म सक्न अदालतले निर्देशन दिए पनि करिब दुई बजेमात्रै बहस सकिएको थियो । 

लगत्तै जाहेरवालाको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलले प्रतिवादीको तर्फबाट भएको बहसलाई खण्डन गरेका थिए । अहिले फैसला लेख्न सुरू भएको अदालतका एक कर्मचारीले जानकारी दिएका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro