site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आलमको पक्षमा बहस जारी, अझै एकहप्तासम्म चल्ने सम्भावना 

जनकपुर । रौतहट, राजपुर बमकाण्डका अभियुक्त अफताव आलमलाई थुना बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै उनको पक्षबाट जारी रहेको बहस अझै एक हप्तासम्म चल्ने सम्भावना देखिएको छ । 

गत असोज २६ गते नै पक्राउ परेका उनीविरुद्ध कात्तिक १८ गते जिल्ला अदालत रौतहटमा तीनवटा मुद्दा दर्ता भयो । ज्यान मार्ने कसुर, कर्तव्य ज्यान तथा विष्फोटक पदार्थ सम्बन्धी ती मुद्दाहरुको पक्षमा नेपाल सरकारकातर्फबाट कैद तथा दण्ड सजाय दावी भएपछि सोमबारदेखि आलम पक्षका वकिलहरुले बहस थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखा इन्चार्ज इन्स्पेक्टर पप्पु नायकका अनुसार सोमबार तीन र मंगलबार पाँच गरि अहिलेसम्म जम्मा आठजना वकिलले आलमको पक्षमा बहस सकेका छन् । जिल्लामा उपलब्ध करिब सबै र काठमाडौंबाट बोलाइएका समेत ३९ जना वकिललाई आलमले आफ्नोतर्फबाट बहस गर्न नियुक्त गरेको नायकले जानकारी दिए । "यहीँ रफ्तारमा बहस भइरहने हो भने करिब एक हप्ता अझै बहस लम्बिने देखिन्छ", नायकले बाह्रखरीसँग भने । 

यसबीच आलमका आफन्त तथा सहयोगीहरुले उनीविरुद्ध साक्षी बक्ने तथा जाहेरी दर्ता गराउनेहरु विरुद्ध निरन्तर दबाब धाकधम्की दिने काम जारी राखेका छन् । सोही दबाब तथा प्रभावको कारण गत शुक्रबार बम विस्फोट घटनामा मारिएका भनिएको ओसी अख्तरकी श्रीमती अमना खातुनले मुद्दा होस्टाइल गराउने प्रकृतिको निवेदन लिएर अदालत पुगिन् । 

सोमबार भारत बिहारका एक साक्षीले पनि त्यस्तै प्रकृतिको निवेदन अदालत पुर्‍याएका छन् । 

उनीहरुले हस्ताक्षर गरेको निवेदनमा आलमलाई बचाउने गरी भाषा उल्लेख भए पनि बाहिर आएपछि जबरजस्ती निवेदनमा सही गर्न लगाइएको र आलमविरुद्ध नबोल्न दबाब परेको सञ्चारमाध्यम समक्ष बताएका हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  ०५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro