चितवन । चितवन प्रहरीद्वारा यही साताभित्र यहाँको पहाडी भेगमा लगाइएको गाँजा फडानी गरिएको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाडी र टोलीले चितवनको पहाडी भेगमा ७९ बिघामा लगाइको गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ४ दिन लगाएर ७९ बिघामा लगाईएको गाँजा फडानी गरेको कोइरालाले बताए । कार्तिक २१ गते राप्तीनगरपालिका १२ ठकुरी भञ्ज्याङ्मा लगाईएको ८ बिघा गाँजा फडानी गरिएको उनले जानकारी दिए । यस्तै २२ गते राप्तीकै कालिखोलामा २५ बिघा जग्गामा लगाईएको गाँजा फडानी गरिएको उनले बताए ।
कार्तिक २३ गते कालीखोला धावनगिरीमा १६ बिघा तथा २४ गते च्युदीतापन कालीखोला र धावनगिरीमा ३० बिघा जग्गामा लगाईएको गाँजा फडानी गरिएको गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय अभियान चलाएर गाँजा फडानी गर्न लागेको प्रवत्ता कोइरालाको भनाई छ ।
चितवन प्रहरीद्वारा १२ लाख बराबरको अवैध पटका नष्ट
चाडपर्वको समयमा चितवन भित्रिएका अवैध पटका आज (सोमबार) नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यलय चितवनले दसैं, तिहार र छठको समयमा अवैध रुपमा नेपाल भित्रिएका १२ लाख बराबरको पटका नष्ट गरेको हो ।
प्रहरी, पत्रकार र स्थानियको रोहबरमा आज प्रहरी परिषरमा ती पटका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले जानकारी दिए । भारतबाट लुकाई छिपाई नेपाल भित्रयाइएको पटका, भूइचम्पा, आतासबाजीजस्ता प्रज्ज्वलनशील पदार्थलाई खाल्डोमा पुरेर नष्ट गरिएको उनले बताए ।
चाडपर्वको समय प्रहरीले बिभिन्न ठाउँबाट ति पटाकाहरु बरामद गरेका थिए । यस बर्ष चाडपर्वलाई शान्तीपूर्ण बनाउन चितवन प्रहरीले बिशेष सुरक्षा योजना ल्याएको थियो । प्रहरीले उक्त बिशेष सुचना योजना सफल प्रभावकारी भएको बताएको छ ।