site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश १ का सांसदलाई सञ्चार सीप कार्यशाला
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

विराटनगर । प्रदेश १ का सांसदको लागि सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम विषय दुई दिवसीय कार्यशाला शुरु भएको छ । विराटनगरमा आइतबार एक औपचारिक कार्यक्रमबीच प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले कार्यशाला उद्घाटन गरे । 
भण्डारीले भने, ‘‘बदलिँदो परिस्थितिमा सञ्चार तथा यसको फाइदा र प्रयोगको दायरा फराकिलो भएको छ । सांसदहरुका लागि समेत यो निक्कै महत्वपूर्ण अनि आवश्यक छ ।’’ भण्डारीले सिकाइको क्रम निरन्तर चल्ने प्रक्रिया भएको बताए ।
युएनडिपीको सहयोग इनोभेटिभ भिजनको आयोजना र संसदीय पत्रकार मञ्च प्रदेश १ को आयोजनामा भएको कार्यशालामा प्रदेश १ का १६ जना सांसद सहभागी छन् । उनीहरुलाई सञ्चार सीप तथा यसको प्रयोगको विषयमा लक्ष्मणदत्त पन्त र रजनीश भण्डारीले सहजीकरण गरिरहेका छन् । 
उद्घाटन कार्यक्रममा प्रदेश १ नेपाल पत्रकार महासंघका अध्यक्ष विक्रम लुइँटेलले सामाजिक सञ्जाल र मिडियाको प्रयोग राजनीतिक फिल्डमा निकै बढेको बताए । उनले समय सपेक्ष रुपमा राजनीतिकर्मीहरुले पनि आफूलाई संचार प्रयोगमा अभ्यस्त बनाउनु पर्ने सुझाव दिए । मञ्चका अध्यक्ष गणेश लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देलले कार्यक्रमको विषयमा जानकारी दिंदै सबै प्रदेशमा कार्यशाला आयोजना गर्ने तयारी रहेको बताए । कार्यक्रममा मञ्चका उपाध्यक्ष बाबुराम भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव कुमार लुइँटेलले गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro