site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
कुशासनको परिणाम भयावह

दक्षिण कोरिया, सिरिया, श्रीलंका र बंगलादेशका घटनाले नागरिक शक्तिशाली हुन्छन् भन्ने देखाउँछन् । ती देशका जनताले निरंकुश, भ्रष्ट र तानाशाही शासकहरूको सातो उँडाएका छन् । लोकतान्त्रिक शासन व्यवस्थामा जनताभन्दा माथि कोही पनि हुन सक्दैन ।  यी देशका घटनाले दिने सन्देश यही हो ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक यउलले विपक्षी दलहरूलाई सहमतिमा लिन सकेनन् । उनीहरूलाई राष्ट्रघातको आरोप लगाउँदै देशमा मध्यरातमा सैनिक शासन लागु भएको घोषणा गरे । सैनिक शासन लागु गरेको घोषणा गर्नासाथ राष्ट्रपतिलाई जिताउने तिनै जनता सैनिक कदमविरुद्ध सडक उत्रिए ।

यता दक्षिण कोरियाको संसद् नेसनल एसेम्बलीका सदस्यहरू पनि सेनाको घेराबन्दी तोड्दै संसद्मा भेला भए । तिनीहरू सैनिक कानुन तत्काल अमान्य घोषित गर्न सफल भए । जनविरोध र ससंद्को सक्रियता तथा आफ्नै पार्टीका सांसद र नेताहरूसमेतको विरोधका कारण छ घन्टामै राष्ट्रपति युन सुक सैनिक शासन फिर्ता लिन बाध्य भए । कानुनमा स्नात्तकोत्तर गरी छब्बीस वर्षसम्म सरकारी वकिलको पृष्ठभूमि भएका राष्ट्रपति युन सुकले संविधान र कानुन नबुझी सैनिक शासन लागु गरेका त पक्कै  होइन । तर यो उनको महाभूल साबित भयो । सैनिक शासन लागु गरेर उनले आफ्नो खुट्टामा आफैँले चञ्चरो हान्ने काम गरे ।

Dabur Nepal
NIC Asia

कोरियाली संसद्मा रहेका विपक्षीहरूले सैनिक शासनको घोषणालाई मात्रै उल्ट्याएनन् राष्ट्रपतिमाथि दोस्रोपटक महाभियोगको प्रस्ताव राख्दै निलम्बन गर्न पनि सफल भए । सैनिक शासन लोकतान्त्रिक शासनको विकल्प होइन । लोकतान्त्रिक शासन व्यवस्थालाई बद्नाम गराउन सैनिक शासन लागु गरिन्छ । सैनिक शासनअन्तर्गत नागरिकका हकअधिकार खोसिन्छ भने स्वतन्त्र न्याय प्रणालीलाई सैनिक शासकको निर्देशनअनुसार चल्ने चलाउने गरिन्छ ।

निरंकुशता, स्वेच्छाचारिता, विभेद र भ्रष्टाचार नागरिकले मन पराउँदैनन् । यो शासक र शासकीय वृत्तले बुझ्नुपर्ने वास्तविकता हो । हामी कहाँ दुई दशकअधि त्यसरी नै तत्कालीन राजा ज्ञानेन्द्र शाहले एकाएक देशमा कार्यकारी अधिकार आफैँमा अन्तर्निहित गरी हिँडडुलसमेत गर्न नसक्ने डा. तुल्सी गिरि र कीर्तिनिधि विष्ट दायाँबायाँ लगाउँदै हिँड्न खोजे, सैन्य बलमै आधारमा । तर, तिनको शासन चौध महिनाभन्दा बढी टिक्न सकेन । अन्ततः राजतन्त्र नै समाप्त भयो । अर्थात्, ज्ञानेन्द्र अरूका लागि खनेको खाडलमा आफैँ जाकिन पुगे ।

 

कोरियाली राष्ट्रपति युन सुकमाथि भ्रष्टाचार र पदीय दुरूपयोगसम्बन्धी मुद्दा लागेको छ । उनकी श्रीमतीले उपहारमा लिएको महँगो ब्याग ठूलै ‘इस्यु’ बनेको छ । दुवै मुद्दा अदालतबाट प्रमाणित भएमा उनले आजीवन काराबास वा मृत्युदण्डको सजाय भोग्नुपर्ने हुन्छ ।

राष्ट्रपतिकै पार्टीका धेरै सांसद र केन्द्रीय नेताहरूलाई पनि उनको कदम मन परेको थिएन । त्यसैले उनकै पार्टीका सदस्यहरू पनि सैनिक कदमको विरोधमा खुलेरै लागे । वास्तवमा राष्ट्रपतिले संसद्मा विपक्षीको बहुमत भयो भन्दैमा आवेशमा देशमा सैनिक शासन लागू गर्नु नै उनको महाभूल साबित भयो । यो उनको अराजनीतिक र मूखर्तापूर्ण निर्णयले दक्षिण कोरियाका जनता लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा कति प्रतिबद्ध रहेछन् भन्ने भने देखाएको छ ।

यस घटनाले राष्ट्रपति वा अरू कुनै पनि सार्वजनिक पदाधिकारी उपर कुनै पनि देशका जनताले पूर्ण विश्वास र भरोसा गर्न हुँदोरहेनछ भन्ने पनि देखाएकोछ । जब देशमा अराजकता, अन्याय, बेथिति र भ्रष्टाचारले सीमा नाघ्छ तब सडकमा सडकमा उत्रिनु स्वाभाविक हुन्छ । अझ यस्ता घटनामा जनता स्वःस्फूर्त सडकमा आउँछन् भन्ने पनि देखाएको छ ।

सिरियाली विद्रोहीहरूले तानाशाही भ्रष्ट शासक बसर अल असदलाई लखेटेरै छाडे । उनी र उनका पिताले चौवन्न वर्षसम्म सिरियामा निरंकुश शासन चलाएका थिए । बसर अल असदले गृह युद्धका बेला रसियाली सेनामार्फत लाखौं सिरियालीहरूको हत्या गराएका थिए । बसरको चौबीसे वर्षे शासनकालको अन्त्यका साथै उनको भविष्य के हुन्छ भन्ने अन्योल छ । भ्रष्ट र निरंकुश शासकहरूको हालत यस्तै हुन्छ ।

उता श्रीलंकामा राष्ट्रपति जयवर्धनेको पालासम्म स्वर्गको टुक्रा मानिन्थ्यो । उनीपछि आर्थिकरूपमा खस्कदै गयो । पछिल्ला शासकहरू भ्रष्टाचारमा लिप्त हुँदा श्रीलंकाको आर्थिक अवस्था निकै खस्केर गयो । भ्रष्टाचार बढ्दै जाँदा जनताले खान बस्न पनि नपाउने स्थिति भयो । सन् २०२२ मा श्रीलंकाली जनताले राष्ट्रपति गोतावाय राजापाक्षेलाई सडकै उत्रिएर लखेटे ।

यता आरक्षणको विरोध गर्ने विद्यार्थीहरूले पन्ध्र वर्षसम्म अकण्टक शासन गरेकी बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिनालाई सत्ता छाडेर भाग्न बाध्य पारेको पनि देखिएकै हो । गत जुलाईमा सुरु भएको आन्दोलनबाट हसिना सत्तामात्र होइन देशै छाडेर भाग्न बाध्य भइन् ।

दक्षिण अफ्रिकामा नेल्सन मन्डेलासँगै स्वतन्त्रताका लागि लडेका राष्ट्रपति ज्याकोव जुमा भ्रष्टाचार गरी अकुत सम्पति कमाएको अभियोगमा जेलमा सजाय भोगिरहेका छन् । अरू देशमा पनि भ्रष्टाचार गर्ने शासकहरूको हालत यस्तै देखिन थालेको छ ।

यो समय लोकतन्त्र, उदारवाद, खुलापन, सामाजिक न्याय, प्रतिस्पर्धा र सुशासनको समय हो । विश्वका कुनै पनि देशका शासकले निरंकुशता, नातावाद, कृपावाद र भेदभावपूर्ण तरिकाले शासन गरे जनताले सजाय दिन्छन् भन्ने बुझ्न जरुरी छ ।

भ्रष्टारले देश र जनतालाई खान्छ । क्यान्सरभन्दा पनि खतरा रोग हो भ्रष्टाचार । जनता भ्रष्टाचार गर्ने शासक वा कर्मचारी कसैलाई पनि विरोध गर्न र सडकमा उत्रिन डराउँदैनन् ।

सन् १९६० तिर दक्षिण कोरियामा ठूलो राजनीतिक अस्थिरता थियो । त्यतिखेर नेपालजस्तै सामान्य अवस्थाको दक्षिण कोरिया आज नेपालभन्दा सबै क्षेत्रमा धेरै अगाडि छ । कुशल नेतृत्व, स्थिर शासन र भ्रष्टाचार नियन्त्रणका कारण आज दक्षिण कोरियामा कसैको लगानी नचाहने स्थितिमा छ ।

यतिखेर नेपालका संघीय सरकार, संघीय संसद्, न्यायापालिका, कर्मचारीतन्त्र र विपक्षीहरूको कामकारबाही एवं भूमिकाप्रति असन्तुष्ट छन् । पाँचसात वर्षदेखि देश ठूलो आर्थिक संकटमा छ । स्थापित उद्योग, कल कारखना, प्रायः सबै बन्द हुने स्थितिमा छन् । सरकारी संस्थानहरू अधिकांश घाटामै छन् । महँगीले सीमा नाघेको छ । जनताले एकछाक टार्न पनि गाह्रो बन्दै गएको अवस्था छ ।

सबै तहका सार्वजनिक संस्था र निकायमा भ्रष्टाचार बढ्दो छ । पहिला पहिला मालपोत, भन्सार, कर, नापी कार्यालय र भूमिसुधार कार्यालय घुसखोरी तथा भ्रष्टाचारको मूल केन्द्र मानिन्थे । वन, पूर्वाधार निर्माण, आपूर्ति तथा सेवा क्षेत्र र स्वास्थ्य क्षेत्र पूरैजसो भ्रष्टाचारले अखडा बन्न पुगेका छन् । संस्थागत भ्रष्टाचारका कारण नेपालका विकास योजना अधिक महँगा बन्दै गएका छन् । विदेशी लगानीकर्ताहरू नेपालमा भ्रष्टाचारको बढ्दो ‘ग्राफ’ देखेर तर्सेको चर्चा पनि व्यापक बन्दै गएको छ  ।

श्रमिकले खाई नखाई पठाएको पैसा र स्वास्थ्य बिमाको पैसामा पनि भ्रष्टाचार हुने गरेको समाचार आउन थालेका छन् । स्वास्थ्य बिमाका बिरामीहरूले चिकित्सकले लेखेअनुसारको औषधी अस्पतालको फार्मेसीमा नपाउँदा निजी क्षेत्रद्वारा सञ्चालित महँगो औषधी किन्न बाध्य छन् ।

पहिला कर्मचारीतन्त्रमात्रै भ्रष्ट मानिन्थ्यो । अहिले राजनीतिक नेतृत्व पनि भ्रष्टाचारमा लिप्त हुँदै गएको छ । भ्रष्टाचारको आशंकामा मन्त्रिपरिषद्को निर्णयविरुद्ध अनुसन्धान र कारबाही  गर्न नपाइने व्यवस्थाले शासक वृत्त भ्रष्टाचारमा डुब्न पुगेको छ । नातावाद र कृपावादले पनि सीमा नाघेको छ । दलीय भागबन्डाले योग्यता, कार्यदक्षता र अनुभवलाई उपहास गरेको छ ।

यस्तो अवस्थामा पनि जनता र संघीय संसद् तथा संसदका समितिहरू सरकारका गलत कामकारवाही सच्याउन लगाउनेतिर नलाग्नु गैरजवाफदेही हो । जनताको धैर्यको बाँध फुट्यो भने त्यसको परिणाम धेरै भयावह हुनसक्छ । सरकार र राजनीतिक दलका नेताहरूले बेलैमा बुझेर अगाडि बढ्नबाहेक अर्को विकल्प देखिँदैन । राजा ज्ञानेन्द्रले झैँ आफैँ र लोकतान्त्रिक शासन व्यवस्था समाप्त पार्ने मूर्खता नगर्दामै नेताहरूको हित हुने देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro