site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निकिता पौडेलसहित पाँचजनाको सम्पत्ति जफतको माग, को–को छन् ?

काठमाडौं । सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबुर राई जीबीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार ४४ जनालाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि अभियोग दाबी गर्दै मुद्दा दायर गरेको सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् । 

मुद्दामा कसुरको सम्पत्ति जफत प्रयोजनका लागि रवि लामिछाने पत्नी निकिता पौडेलसहित पाँच जनालाई पनि प्रतिवादी बनाइएको छ । 

जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकामा छविलाल जोशीकी पत्नी पदमा बन्जाडे र छोरा रोचक जोशी तथा जीबी राई निकट मानिएकी लिला पछाईँ र उनकी आमा राधा पछाईँ छन् । उनीहरुलाई कसुरको सम्पत्ति पुगेको व्यक्तिको रुपमा त्यही सम्पत्ति जफतका लागि मात्र प्रतिवादी बनाइएको हो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro