site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नेपाली घरेलु खेलकुद क्षेत्रमा तीन साता आकर्षक पर्व बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) । क्रिकेटको ‘क्रेज’ले काठमाडौंको मीन पचासको चिसोलाई समेत ततायो । सँगै नेपालमा क्रिकेटको भविष्य भएको पुष्टि गर्‍यो । एनपीएल नेपालको सर्वाधिक राशि पुरस्कार भएको खेल बनेको छ ।

नेपाली खेलकुदको भविष्य छैन भन्ने परम्परागत धारणालाई कम्तीमा क्रिकेटले बदलिदिएको छ । केही यता नेपाली खेलाडीले क्रिकेटमा कीर्तिमान कायम गर्दै आएकाले यसप्रति जनस्तरमा समेत आकर्षण बढेको हो । एनपीएलमा पनि विश्वका क्रिकेट प्रेमीले थुप्रै रोमाञ्चक क्षण र कीर्तिमान कायम भएको देख्न पाए ।

एनपीएलको रोमाञ्चकारी खेलले नेपालमा यसको व्यावसायिक विकास गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । प्रतियोगिताको पहिलो संस्करण जनकपुर बोल्ट्सलाई ‘च्याम्पियन’ उपाधि दिएर शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समाप्त भयो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विश्व मानचित्रमा नेपाली खेलकुदको उपस्थिति कमजोर रहँदा नेपाली क्रिकेटको यो महाकुम्भले त्यसलाई चिर्न ठूलै प्रयत्न गरेको छ । स्टार स्पोर्ट्समा देखिने विदेशी खेलाडीलाई आदर्श मानेर हुर्केका नेपाली क्रिकेटर आज आफैँ विश्वभरका क्रिकेटप्रेमीको 'हिरो' बनिरहेका छन् । 

उत्साहपूर्ण एवं सहज शैलीमा जसरी एनपीएल सकियो त्यस निम्ति नेपाल क्रिकेट संघ (क्यान) लाई पनि धन्यवाद दिनैपर्छ । सँगै एनपीएलले ‘संघीयता’लाई स्थापित गरेको आभास दिलाइरह्यो जब क्रिकेट मैदानमा समर्थकले आफ्नो टोलीलाई गौरवसाथ प्रदेशसँग जोडिरहे । तिनले क्रिकेट रंगशालामा आफ्नो प्रदेशको भाषा–भाका, संस्कृति, हाउभाउसहति बेजोड समर्थन प्रस्तुत गरिरहँदा देशको संघीय संरचना प्रष्ट रुपमा झल्कन्थ्यो । 

Royal Enfield Island Ad

यद्यपि, केही दर्शकबाट गैरजिम्मेवार व्यवहार प्रदर्शन पनि भयो । त्यस्ता असहिष्णु एवं अप्रिय व्यवहार प्रदर्शन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ भन्माने सरकार र क्यान दुवै सजग रहुन् । सम्भावित ‘म्याच फिक्सिङ’ रोक्न सुरक्षा निकायले राम्रैसँग निगरानी गरेको रहेछ । खेलसँगै धन्दा गर्न तम्सेका सट्टेबाजहरूमध्ये केही त पक्राउ पनि परे ।

मंसिर १५ गते एनपीएलको उद्घाटनका क्रममा आयोजक क्यानप्रति व्यवस्थापनमा भएका कमजोरीका कारण थुप्रै प्रश्न उठेको थियो । तर, प्रतियोगिता चल्दै जाँदा क्यानको यो पहिलो कदममा काँध थाप्ने र हैसेमा होस्टे गर्ने पनि बढ्दै गए ।

क्रिकेटको भौतिक संरचनामा सरकारी चासो र कनिका बजेटबीच क्यानको यस प्रयास नेपाली खेलकुदमा नयाँ क्रान्तिको उद्घोष गरेको छ । यसमा सबैभन्दा ठूलो साथ मैदानभित्रका ११ खेलाडीबाहेक नेपाली क्रिकेटमा ‘टुवेल्थ म्यान’ बनेका समर्थकले दिए ।

यी नेपाली क्रिकेटप्रेमीले प्रतियोगिता सञ्चालन भएको १८ दिनसम्म त्रिवि क्रिकेट मैदानले समर्थकको न्यास्रो मान्नुपर्ने स्थिति सिर्जना हुनै दिएनन् । स्थान साँगुरो हुँदा क्यानले समर्थकको प्रभावकारी व्यवस्थापनमा ठूलै कसरत गर्नुपरेको थियो । यसले नेपाली क्रिकेटमा अन्तर्राष्ट्रियस्तरको रंगशाला अत्यावश्यक भएको देखाइसक्यो ।

देशको राजनीतिक स्थितिबाट उत्पन्न वितृष्णा र अर्थतन्त्रमा देखिएको निराशाबीच एनपीएल नेपाली जनतालाई खुसी बनाउने नयाँ आयाम बन्यो ।  प्रतियोगिताका निम्ति क्यान र एनपीएलका आठ टिमलाई व्यापारिक घरानाले दिएको साथ उस्तै तारिफयोग्य छ । नेपालको खेलकुद क्षेत्रसँग सहकार्य गर्न तयार रहेका यी व्यापारिक क्षेत्रको चासो र उत्साहलाई कायम राख्न राज्यले क्यानसँग समन्वय गर्न आवश्यक छ ।

धेरैलाई रंगशालाभित्रै रहेर क्रिकेट हेर्ने रहर थियो तर त्यो सानो र अव्यवस्थित रंगशालाले धेरैको रहर पूरा हुन पाएन । अब ‘क्रिकेट क्रेज’ र व्यावसायिक बजारको सम्भावना बुझ्दै अन्तर्राष्ट्रियस्तरकै रंगशाला निर्माणलाई प्रामिकता दिइनुपर्छ । त्यसो त, प्रधानमन्त्री स्वयंले अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडानलाई तीव्रता दिन निर्देशन दिए तर नेपालमा निर्देशन कार्यान्वयन नहुने समस्य निकै चर्को छ । एनपीएलको दोस्रो संस्करण आयोजना हुँदा आधुनिक भौतिक पूर्वाधारयुक्त रंगशाला बन्नुपर्छ ।

उपाधि जता गए पनि यो कुनै एक टोलीको जित नभई समग्र नेपाली क्रिकेटको जित बनेको छ । विजेता टोली जनकपुरसँगै उपविजेता, तेस्रो, चौथो र सहभागी आठै टिमलाई बधाई । नेपाली क्रिकेटको क्रेजलाई कायम राख्न क्यानलाई शुभकामना !
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro