site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 कांग्रेसको उपनिर्वाचन लक्षित ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आगामी मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको छ । कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा छ सदस्यीय समन्वय समिति गठन गरेको हो । 

उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न पार्टीको विधान बमोजिम ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ गठन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

लेखकको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्यसमेत रहेका अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल र अधिवक्ता केशव रिजाल सदस्य रहेका छन् ।

समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमनसँगै उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने मुख्य सचिव पौडेलले बताए । उनका अनुसार समितिले उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गरेर आवश्यक निर्देशन दिने पनि जानकारी दिए ।

Royal Enfield Island Ad

उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी समितिले निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण र समन्वय गर्ने, उपनिर्वाचनमा पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीका पक्षमा प्रचारप्रसार गर्न, बढीभन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रुपले मतदान कार्य सम्पन्न गर्न र मतगणना लगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्ने पनि समितिले जिम्मेवारी पाएको छ ।

समितिले उपनिर्वाचनको क्रममा पार्टीको उम्मेदवार, निकाय र सदस्यहरुबाट निर्वाचन कानुन र आचारसंहिता तथा पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने र अन्य पार्टी वा उम्मेदवारबाट निर्वाचन सम्बन्धी कानुन वा आचारसंहिता उल्लंघन भएमा उचित कानुनी कारवाहीका लागि आवश्यक प्रक्रिया अपनाउने पनि बताइएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro