site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बयान सकियो, जाहेरवाला पक्षबाट बहस सुरू

जनकपुर । रौतहटको राजपुर बमकाण्डका अभियुक्त अफताव आलमको बयान सकेर जाहेरवाला पक्षबाट थुनछेक बहस सुरु भएको छ ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेपछि मंगलबारबाट आलमको बयान लिन सुरू गरिएको थियो । 

बिहीबार उनको बयान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अधिवक्ता खडिन्द्रराज कटुवालले बहस गरेका छन् । कटुवालपछि सरकारी वकिल कार्यालयकै सहायक प्रमुख अधिकवक्ता रामप्रसाद पन्थीको बहस सुरू भएको छ ।  

जाहेरवालाको पक्षबाट मुद्दाको बहस गर्न महान्यायाधिवक्ताको कार्यालयबाट अधिवक्ता सूर्यराज दाहालसमेत दुई जना तथा जिल्ला सरकारी वकिल कार्यालयका दुई जनागरी चार जनाले बहस गर्नेछन् । 

प्रतिवादी आलम समेतको तर्फबाट बहसका लागि जिल्लामा उपलब्ध करिब सबैजसो वकिल (२७ जना) ले बहस गर्ने तयारीमा रहेको अदालत स्रोतले जानकारी दिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro