site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यू–१९ महिला क्रिकेट टोलीलाई अवसरसँगै चुनौती

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोलीले ६ दिनपछि चीनको सांघाईमा बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्दैछ । आगामी सोमबारबाट सुरु हुने प्रतियोगिताका लागि नेपाली युवा क्रिकेट टोली अन्तिम तयारीमा छ । 

डली भट्टको कप्तानीमा रहेको १८ सदस्यीय टोलीले अहिले मूलपानी क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ । कप्तान डलीसँगै उपकप्तान कविता कुँवरले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसके पनि टोलीमा अधिकांश नयाँ अनुहार छन् । 

नयाँ खेलाडीसँग जिल्ला स्तरिय प्रतियोगिताको अनुभव त छैन नै, राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागि हुने मौका समेत पाएका छैनन् । मात्र उनीहरुले केही साताअघि सम्पन्न फ्रेन्चाइज वुमन्स लिगमा सहभागिता जनाएका थिए । 

लिगपछि लगत्तै पहिलो पटक यू–१९ टोलीको प्रशिक्षणमा सामेल उनीहरुले बी एण्ड आर कप प्रतियोगितालाई सिकाइको रुपमा लिएका छन् । उसोत लामो समय सम्म बेखबर जस्तो महिला क्रिकेट टोलीले उमेर समूहकै भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको मौका पाएको छ । उनीहरु यो मौकालाई सदुपयोग गर्ने रणनीतिमा छन् । पहिलो पटक नेपाली टोलीको जर्सि लगाएर खेल खेल्न पाउने भएकाले पनि खेलाडी उत्साहित भएका छन् । 

आफूलाई अब्बल सावित गर्न र नयाँ अवसरको ढोका खोल्न प्रशिक्षकसँगै खेलाडीहरुले कडा मेहनत गरिरहेका छन् । प्रशिक्षक कलम अली धेरै खेलाडीहरुले पहिलो पटक टिममा परेकाले सबै कुरामा आफूलाई चनौती भएको बताउँछन् । नयाँ टिमलाई लिएर उत्कृष्ट प्रदर्शन गर्न सकेमा आफूलाई पनि र सबै खेलाडीको लागि राम्रो अवसर हुने उनको अपेक्षा छ । 

“तयारी राम्रो भइरहेको छ । पछिल्लो समय खेलाडीको प्रदर्शनमा पनि धेरै सुधार आएको छ । उनीहरुको फिल्डिङ, स्किलहरुका सुधार आउँदैछ । पहिलो दिनदेखि हामीले खेलहरु खेलिरहेका थियौँ । खेलहरु हामीले छनोटका लागि भन्दा पनि टिमको प्रदर्शनलाई सुधार ल्याउनका लागि खेलाएका थियौँ । टिममा धेरै जना नयाँ खेलाडीहरु छन् । तिनिहरुमा केही राम्रा खेलाडीहरु पनि छन् । केही सिनियर टिमका खेलाडी र धेरै नयाँ खेलाडीहरुलाई लिएर एउटा टिम भने राम्रो बन्छ,” अलीले भने । 

अलीको मुख्य प्रशिक्षकको रुपमा यो पहिलो प्रतियोगिता हो । यो भन्दा पहिला उनले सहायक  प्रशिक्षकको रुपमा काम गरिसकेका थिए । घरेलु महिला तथा पुरुष टिमको प्रशिक्षकको रुपमा पनि देखिने उनी सिनियर प्रशिक्षण आफ्नो लागि अवसरको रुपमा रहेको बताउँछन् । धेरै नयाँ अनुहारहरुलाई टिममा डेब्यू गराउने चुनौतीको रुपमा लिएका उनी टिममा सकारात्मक नतिजाको अपेक्षामा छन् । 

“हामीले हाम्रो प्रतिस्पर्धि टिमहरुलाई हेरेका छैनौ । यू–१९ टिमका खेलाडीहरुको प्रदर्शन र खेलाडीहरुमा धेरै परिवर्तन हुने भएकाले कसको प्रदर्शन कस्तो भन्ने अवस्था अहिले छैन । सिनियर टिमको हिसावले भन्ने हो भने थाइल्याण्ड एउटा चुनौतीका रुपमा रहेको छ । टि–ट्वान्टी क्रिकेट भएकाले कुन समयमा खेल परिवर्तन हुन्छ भन्न सकिँदैन । त्यसैले हामीले सबै टोलीलाई एउटा चुनौतीको रुपमा लिएका छौ । हाम्रो टिमको बलियो पक्ष भनेको अल राउन्डर हो । धेरै पनि छन् र जसको बलिङ र ब्याटिङ पक्ष धेरै राम्रो छ,” अलीले भने । 

कप्तान डली भट्ट छोटो समयमा राम्रो टिम बनेकोमा उत्साहित बनेको बताउँछिन् । साथै टिममा नयाँ अनुहार भएकाले उनीहरुसँगै बलियो टोलीहरुसँग प्रतिस्पर्धा सबै हिसावले चुनौती भएको उनको ठम्याइ छ । 

“तयारी राम्रो भइरहेको छ । सबै जनाले धेरै मेहनत गरिरहेका छन् । धेरै जना राष्ट्रिय टोलीको बन्द प्रशिक्षण र जिल्ला स्तरिय खेल नखेलेर आएका खेलाडी छन् । तिनिहरुलाई पनि सिक्ने मौका मिल्यो, जो पहिलो पटक बन्द प्रशिक्षणमा परेका थिए । सबैलाई यो ठूलो अवसर हो । धेरै वर्षको अन्तरालपछि यू–१९ महिला क्रिकेटको जग उठेको छ । सबैले आफ्नो तर्फबाट पूर्ण रुपमा मन लगाएर खेलेमा, पहिलाको जस्तो टिमको जोस जागर भएमा पुनः महिला क्रिकेटरमा एक नयाँ आयाम आउनेछ,” डलीले भनिन् । 

केही साताअघि सम्पन्न वुमन्स च्याम्पियन्स लिग खेलेका खेलाडीहरु रहेकाले उनीहरुको प्रदर्शन स्तर राम्रो भएको कप्तान बताउँछिन् । यो प्रतियोगितालाई प्रतिस्पर्धाको रुपमा नहेरी उत्कृष्ट प्रदर्शनमा केन्द्रित गरेको उनको भनाइ छ । 

“हामीले यो प्रतियोगितालाई प्रतिस्पर्धाको रुपमा भन्दा पनि राम्रो प्रदर्शन गर्ने अवसरको रुपमा हेरेका छौँ । टिम सन्तुलन मिल्दैछ । टिमको प्राविधिक पाटोमा जाने हो भने हाम्रो बलिङ भन्दा धेरै ब्याटिङ पक्षलाई राम्रो छ । हामीसँग राम्रा स्पिनरहरु छन् । ब्याटिङको कुराहरुमा हामीले धेरै सुधार गर्नु पर्ने हुन्छ । फिल्डिङको कुरामा पनि मध्यम स्तरमा छौ । धरै जना खेलाडीहरु पहिलो पटक टिममा छन् । उनीहरुले पनि छोटो समयमा राम्रो प्रदर्शन गरिरहेका छन्,” डलीले भनिन् । 

कप्तानी आफ्नो लागि चुनौती र अवसर दुबै हिसावले राम्रो रहेको बताउने उनी कप्तानीको जिम्मेवारी पाएकी सफल बनाउने योजनामा छिन् ।

टोलीमा कप्तान डलीसँगै उपकप्तान कविता कुँवर, कृतिका मरासिनी, यशोदा बिष्ट, रुवि पोदार, राजमती ऐरी, इश्वरी विष्ट, लक्ष्मी साउँद, खुसी डंगोल, हिलिसा लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षेत्री, गोमा आले, अक्षित राजबंशी, पेम लामा शेर्पा, मनिषा मगर र श्रृष्टि पौडेल छन् । प्रतियोगितामा आयोजक चीनसहित नेपाल, म्यानमार, साउदी अरेविया, मलेशिया र थाइल्याण्ड सहभागि हुँदैछन् । प्रत्येक टोलीले पाँच–पाँच खेल खेल्नेछन् । 

नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ । दोस्रो खेल साउदी अरेवियासँग खेल्ने नेपालले तेस्रो खेल आयोजक चीनसँग प्रतिस्पर्धा गर्नेछ । चौथो खेल मलेशियासँग खेल्ने नेपालले अन्तिम खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro