site stats
बाह्रखरी :: Baahrakhari
खेल
लगातार तेस्रो जितको खोजीमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध मैदानमा उत्रँदा नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

गएको सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले बुधबार नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो ।

Argakhachi Cement Island Ad

स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट रंगशालामा नेपाल र घरेलु टोलीबीचको खेल आइतबार नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

विश्वकप लिग–२ मा १८ खेल खेलेको स्कटल्यान्ड २२ अंकका साथ तालिकाको चौथो स्थानमा छ । १४ खेलबाट १० अंकको नेपाल सातौँ स्थानमा छ । आठ टोली सहभागी लिग–२ आईसीसी विश्वकप २०२७ को छनोट प्रतियोगिता हो ।

सन् २०२७ सम्म चल्ने यो लिगको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सोझै स्थान बनाउनेछन् । पुछारमा रहने चार टोलीले विश्वकप छनोटका निम्ति प्लेअफ खेल्नुपर्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्