site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेसन्स लिगको फाइनलमा भिड्दै स्पेन र पोर्चुगल

काठमाडौं । यूईएफए नेसन्स लिगको फाइनलमा आज साविक विजेता स्पेनसामु पोर्चुगलले चुनौती प्रस्तुत गर्दै छ ।

पोर्चुगल सन् २०१९ को नेसन्स लिग च्याम्पियन टोली हो । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले सेमिफाइनलमा बलियो टोली जर्मनीविरुद्ध २–१ को जित निकालेको थियो ।

Argakhachi Cement Island Ad

प्रतियोगिताको साविक विजेता स्पेनले सन् २०२३ मा उपाधि जितेको थियो । स्पेनले त्यसअघि २०२१ मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो ।

यो संस्करणको फाइनलसम्म आइपुग्दा स्पेनले अन्तिम चारमा सन् २०२१ को च्याम्पियन फ्रान्सविरुद्ध ५–४ को रोमाञ्चक जित निकालेको थियो ।

जर्मनीको एलियन्ज रंगशालामा यो खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा आजै तेस्रो स्थानका निम्ति जर्मनी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदै छ । जर्मनीमा यो खेल नेपाली समयानुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्