काठमाडौं । जन्म र मृत्यु जीवनका दुई अभिन्न पाटा हुन् । न त यसलाई कसैले रोकेर रोक्न सकिन्छ न त छेक्न नै ।
मृत्यु शब्द सुन्ने बित्तिकै हरेक व्यक्तिको श्वासप्रश्वासको गति तेज हुन थाल्छ, मुटु ढक्क फुल्छ अनि मनमा चिसो पस्छ । नचिनेको व्यतिmको मृत्युको खबरले त व्यतिm यति भावुक हुन्छ भने आफ्नै सन्तानको आत्महत्याको कुराले एक आमाको मन कस्तो होला ?
दीपाकी आमा ७० वर्षकी भइन् । घरमा उनी र उनकी आमा मात्रै हुन्छन् । अब केहीसमयमा दीपा सधैंभरीको लागि अध्याँरो र सुनसान ठाउँ जाँदैछिन् । हो उनी आत्महत्या गर्दैछिन् ।
दीपाले आफ्नी आमा र आफू लिभिङ रुममा बसिरहँदा यो संसारबाट सधैँका लागि टाढा जाने निर्णय लिइसकेको सुनाउँछिन् ।
यो टेकुको कौशी थिएटरमा मञ्चन भइरहेको नाटक ‘नाइट मदर’ को सुरुआती झलक हो ।
कसैले आत्महत्या किन गर्छन् ? के आत्महत्या गर्ने व्यक्ति समाजले भनेको जस्तै कायर, लाचार हुन्छ त ? यो अन्तिम निर्णय लिनुमा त्यो व्यक्तिको परिवार र समाजले कस्तो भूमिका खेलेको हुन्छ ? आफ्न्त परिवार, साथीभाईको बीचमा पनि मानिस किन एक्लो महसुस गर्छ ? कोही व्यक्तिको आत्मविश्वासमा किन कमी आउँछ ? हामी समय हुँदै एकअर्कासँग समय बिताउने, एकअर्काको कुरा सुन्ने र माया साटासाट गर्न कतिको जरुरी छ ? यी सबै प्रश्नहरुको उत्तर ‘नाइट मदर’मा दीपाले आत्महत्या गर्नु अघि उनकी आमासँग गरेको कुराकानीले बताउने छ ।
दीपा आफ्नो बुबाको पुरानो बन्दुक खोजिरहन्छिन् । आमाले बन्दुक किन चाहियो भन्ने प्रश्न गर्दा दीपाको जवाफ हुन्छ ‘प्रोटेक्सन’को लागि । तर दीपाकी आमा भने दीपाको हरेक कुरा हाँसो–मजाकमै लिइरहेकी हुन्छिन् ।
तर त्यो मजाकको माहोल एकैचोटी कोलाहलमा परिवर्तन हुन्छ । जब दीपाले आफनो सुरक्षा भनेकै यो संसारबाट सधैंको लागि टाढा जानु हो भन्ने कुरा गर्छिन् । दीपाको कुरा सुन्ने बित्तिकै उनकी आमा हरप्रयास गर्छिन् छोरीको निर्णय परिवर्तन गर्नको लागि ।
अघिसम्म दीपाको हरेक कुरा सामान्य लिइरहेकी उनी अब भने गम्भीर बन्न पुगिन् । दीपाको जस्तै हामी पनि हाम्रो वरपर भएका व्यतिmहरुलाई समय दिँदैनौ । उसँगै बसेर उसका कुरा सुन्दैनौँ । माया दिँदैनौ र उसलाई तपाईंको जिन्दगीमा उसको महत्व कति छ भन्ने कुराको बोध गराउँदैनौ ।
जब समयले डाँडा काट्छ तब हामीलाई महसुस हुन्छ हामीले के मिस गरिरहेका छौं भनेर । तर त्यो बेलासम्म निकै अबेला भइसकेको हुन्छ । दीपा सानैदेखि छारे रोगबाट ग्रसित, वैवाहिक सम्बन्धबाट पनि छुटिएकी, छोरा र दाजुभाउजुसँग पनि सम्बन्ध राम्रो नभएको, मानसिक रोगको पनि सिकार ।
उनलाई यो संसारमा आफू बोझ भएको महसुस हुन्छ । न कसैसँग बोल्न मन गर्छिन्, न कतै घुम्न जान मन गर्छिन् । बस रातदिन शान्त अध्याँरो कोठामा मात्रै बस्न रुचाउछिन् । दीपालाई निरासाले यति जकडिसक्यो की अब उनले मृत्यु बोहक केही विकल्प नै देखेकी छैनन् ।
पछिल्लो समय मानसिक रोग आत्महत्याको मुल कारण बनेको छ । आर्थिक वर्ष २०७५-०७६ मा मात्रै नेपालमा पाँच हजार सात सय ५४ जनाले आत्महत्या गरेको तथ्यांक छ । जसमा झुण्डिएर मर्नेको संख्या चार हजार तीन सय १२ रहेको नेपाल प्रहरीले जनाएको छ ।
तर दीपाकी आमा भने उनले आत्महत्या गर्नुको कारण उसको छारे रोग र मानसिक रोगको औषधी समयमा नखाएर हो भन्ने सोच्छिन् । तर दीपाले यो निर्णय लिनुको मुख्य कारण भनेको पारीवारिक, सामाजिक र स्वंयममा आत्मविश्वासको कमी हुनु हो भन्ने पक्षमा अझै पनि सोच्दिनन् ।
आत्महत्याका विषयमा बोल्न हुँदैन् भन्ने रुढीवादी मान्यतालाई चिर्दै दीपा र उनकी विधवा आमा बीचको आत्महत्याको संवादले कहिले माहोल हाँसोमा परिवर्तन गर्छ भने कहिले द्वन्द्व त कहिले रोदनमा परिवर्तन हुन्छ ।
दीपाकी आमा फकाएर होस या थर्काएर होस या त माया देखाएर होस छोरीलाई आत्महत्याबाट बचाउन खोज्छिन् । तर त्यसमा पनि उनकी आमाको स्वार्थ लुकेको हुन्छ ।
उनी भन्छिन्, “तिमी गयौ भने म एक्लै कसरी बाँच्नु ? तर दीपा भने मर्नुअघि आमाको लागि सबै बन्दोबस्त गरेर मर्न चाहन्छिन् । आमालाई चाहिने दुई महिनाको रासन दीपाले किनीसकेकी हुन्छिन् । अरु आवश्यक व्यतिmहरुको नम्बर सबै उसले डायरीमा टिपेर राखेकी हुन्छिन् । ताकी आफू नहुँदा आमालाई केही गाह्रो नहोस् ।
दीपाको यो क्रियाकलापले प्रष्ट्याउँछ की व्यतिm आफनोलागिभन्दा पनि अरुको लागि बाँचिरहेका हुन्छन् । उसलाई आफ्नो लागि केही निर्णय लिँदा आफूसँगै भएको दोस्रो व्यतिmले प्रभाव पारिरहेको हुन्छ ।
अंग्रेजी लेखक मार्सा नोर्म्यानले १९८१ मा लेखेको यो नाटक पहिलो पटक १९८३ मा मञ्चन भएको थियो । यही अंग्रेजी नाटकलाई निर्देशक सुदाम सीकेले पछिल्लो समय नेपाली समाजमा डिप्रेशनको कारण बढ्दै गएको आत्महत्यालाई यस नाटकमार्फत चित्रण गर्न खोजेका छन् । एक घण्टा १५ मिनेटको यस नाटकमा केही–केही संवाद बाहेक अंग्रजीमा नै नाटक बग्छ ।
आकंक्षा कार्की र लुनिभा तुलाधर छोरी र आमा मात्रै दुई पात्रले नाटकलाई जिवन्त बनाएको भान हुन्छ । यी दुई पात्रको जीवन्त अभिनयले दर्शकलाई कहिकतै पनि विचलित बनाउँदैन् । अझ भन्ने हो भने हरेक संवाद पछि के हुने हो भन्ने उत्सुकता बढाउँछ ।
नाटकमा प्रयोग भएका कृतिम बत्ती, सेट र ब्याकग्राउन्ड म्युजिकले नाटकमा अर्को ज्यान थपेको छ । मुख्य कुरा नाटकले आफनो मनको कुरा व्यतm गर्न र दोस्रो व्यतिmले सुन्न कतिको जरुरी हुन्छ र हरेक कुराको समयमा नै दोहोरो संवाद हुनुपर्छ चाहे त्यो मनमा आएको निराशा र आत्महत्याको विचार नै किन नहोस भन्ने कुरा बताउँछ ।
२० सेप्टेम्बरबाट सुरु भएको यो नाटक छ अक्टोबरसम्म चल्नेछ ।